घाइते भएका कारण नेपाल प्रिमियर लिगबाट बाहिरिए दक्षिण अफ्रिकी बलर डे लान्ज
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी टोलीमध्येको एक चितवन राइनोजका एक विदेशी खेलाडी स्वास्थ्य समस्याका कारण प्रतियोगिताबाट बाहिरिएका छन् ।
चितवन राइनोजले दक्षिण अफ्रिकाका तीव्र गतिका बलर मार्चन्ट डे लान्ज घाइते भएका कारण प्रतियोगिताबाट बाहिरिएको जनाएको छ । चितवन राइनोजका अनुसार, उनी अभ्यासका क्रममा घाइते भएका हुन् ।
उनको खुट्टामा समस्या देखिएको बताइएको छ । चिकित्सकहरूले उनलाई पूर्ण रूपमा स्वास्थ्य हुन कम्तीमा तीनदेखि चार साता लाग्ने जनाएका छन् । चितवन राइनोजले प्रतियोगिता नजिकिएसँगै डे लान्ज घाइते हुनु चिन्ताको विषय भएको बताएको छ ।
चितवन राइनोजले उनको सट्टामा अर्का प्रभावकारी खेलाडीलाई टोलीमा समावेश गरिने जनाएको छ । एनपीएल क्रिकेट मङ्सिर १५ देखि पुस ६ गतेसम्म काठमाडौँमा आयोजना हुँदै छ । प्रतियोगितामा आठवटा टोलीको सहभागिता रहनेछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण