सिरियामा चर्कियो सङ्घर्ष, अलेप्पोमा २०० भन्दा बढीको मृत्यु
दमस्कस । सिरियाली सरकार र विद्रोहीबिच अलेप्पो शहरको बाहिरी इलाका कब्जालाई लिएर द्वन्द्व चर्किएको छ । रुसी लडाकु विमानले सिरियाली सेनासँग मिलेर विद्रोही नियन्त्रित अलेप्पोको पूर्वी क्षेत्रमा लगातार हवाई हमला गरिरहेका छन् ।
यसैबीच जिहादी लडाकुहरूले बिहीबार दमास्कसदेखि अलेप्पोसम्मको राजमार्गमा पहुँच बन्द गरिदिएका छन् । यस आक्रामक अभियानमा २ सय भन्दा धेरै मानिस मारिएका छन् । एक अनुगमनका अनुसार मारिनेमा रुसी वायुसेनाको आक्रमणमा मारिएका सर्वसाधारण पनि छन् ।
एक दिन अघि जिहादी समूह हयात तहरीर अल–शाम (एचटीएस) र यसका सहयोगीहरूले उत्तरी अलेप्पो प्रान्तको सरकारी नियन्त्रणमा रहेका क्षेत्रहरूमा अचानक हमला गरेको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले भनेको छ । जसका कारण तनावका बिच सबैभन्दा भीषण लडाई सुरु भएको बताइएको छ ।
जारी लडाइँमा मर्नेहरूको सङ्ख्या १८२ पुगेको निगरानीकर्ताले भनेका छन् । मर्नेमा १०२ जना एचटीएस लडाकु, सहयोगी समूहका १९ जना छन् ।सरकारी सेना र सम्बद्ध समूहका ६१ जनाको पनि मृत्यु भएको छ ।
अनुगमन निकायका प्रमुख रामी अब्देल रहमानले बिहीबार अलेप्पोको ग्रामीण इलाकामा रुसी हवाई आक्रमणमा १९ जना सर्वसाधारण मारिएको बताएका छन् । उनले एक दिन अघि सिरियाली सेनाको गोलाबारीमा अर्का सर्वसाधारणको मृत्यु भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण