एनपीएलको उत्कृष्ट नेपाली खेलाडीले ओमोडा इफाइभ एसयूभी पाउने
काठमाडौँ । ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक एसपिजि अटोमोबाइल्सको अभिभावक कम्पनी शारडा ग्रुपले नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को उत्कृष्ट नेपाली खेलाडीलाई ओमोडा इफाइभ डिलक्सले पुरस्कृत गर्ने घोषणा गरेको छ ।
ओमोडा एन्ड जेइको एनपीएलको पहिलो संस्करणको लागि ‘ड्रिभन बाइ’ सह-प्रायोजक हो । ओमोडा इफाइभ आकर्षक डिजाइन र अत्याधुनिक विशेषताहरूसहित पूर्ण रूपमा विद्युतीय गाडी हो जुन उत्कृष्ट खेल-प्रदर्शनको लागि सम्मान तथा हौसलास्वरूप प्रदान गरिनेछ ।
ओमोडा एन्ड जेइको, नेपाल प्रिमियर लिग, र नेपाल क्रिकेट संघबिच मङ्सिर ११ गते सम्पन्न प्रायोजनको लागि एमओयू हस्ताक्षर कार्यक्रममा शारडा ग्रुपले उक्त पुरस्कार दिने घोषणा गरेको हो । उक्त कार्यक्रममा नेपाल क्रिकेट संघका सचिव तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, क्यान र एनपीएलका सदस्यहरू, शारडा ग्रुपका अध्यक्ष शिव रतन शारडा, एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडा, तथा अन्य व्यवस्थापकीय सदस्यहरूको उपस्थिति रह्यो ।
नेपाल प्रिमियर लिगको पहिलो संस्करण एनपीएल २०२४ का खेलहरू कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यही मङ्सिर १५ देखि पुस ६ गतेसम्म हुने तालिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यूक्यासलविरुद्ध ब्रेन्टफोर्डको आक्रामक प्रदर्शन
-
शिविरले देखायो संसार : ११ वर्षपछि आँखा देख्न पाए दिदी-भाइले
-
ओल्ड ट्राफोर्डमा ३० वर्षपछि नटिङघमको पहिलो जित, म्यान्चेस्टर युनाइटेड स्तब्ध
-
फेरि हारबाट जोगियो म्यान्सिटी
-
इस्लामिक विद्रोहीहरु दमास्कस घुस्दै, आफु राजधानी छोडेर नभागेको राष्ट्रपति असदको प्रतिक्रिया
-
कञ्चनजङ्घा ‘सेसेलुङ’ गोल्डकपको उपाधि धरानलाई