शनिबार, २२ मङ्सिर २०८१
ताजा लोकप्रिय
नेपाल प्रिमियर लिग क्रिकेट

गप्टिलको अर्धशतकका बाबजुद १ सय २७ रनमा समेटियो विराटनगर

शनिबार, १५ मङ्सिर २०८१, १३ : ४७
शनिबार, १५ मङ्सिर २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्ससामु जितका लागि १ सय २८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाएर १ सय २७ रन बनाएको हो ।

टोलीका लागि अनुभवी ब्याटर मार्टिन गप्टिलले अर्धशतक बनाए । उनले ४३ बलमा ५५ रनको इनिङ्स खेले । यसक्रममा उनले ७ चौका र एक छक्का हिर्काए । अकिब इलियासले १८ बलमा १५ रनको योगदान दिए । 

अन्य ब्याटरले भने ठुलो योगदान दिन सकेनन् । बसिर अहमद, अनिल खरेल र कप्तान सन्दीप लामिछानेले ७–७ रन जोडे ।

जनकपुरका लागि ललित राजवंशीले शानदार बलिङ गर्दै ३ विकेट लिए । ४ ओभरमा उनले मात्र २८ रन खर्चिए । त्यस्तै, हर्ष थाकेरले २ विकेट हात पारे । ४ ओभर बलिङ गरेका उनले २२ रन खर्चिए । 

किशोर महतोले २ विकेट लिए भने बेन माइक र मोहम्मद मोहसिनले १–१ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?