नेपाल प्रिमियर लिग क्रिकेट
एनपीएलको सातौँ अर्धशतक लोकेश बमको नाममा
बुधबार, १९ मङ्सिर २०८१, १५ : ५१
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बुधबार खेलिएको खेलमा विराटनगर किङ्सका ओपनर ब्याट्सम्यान लोकेश बमले अर्धशतक बनाएका छन् । उनले लुम्बिनी लायन्सविरुद्धको खेलमा अर्धशतक बनाएका हुन् ।
लोकेशले ३६ बलको सामना गरी चार छक्का र दुई चौकाको मद्दतले अर्धशतक पुरा गरेका हुन् । विकेटकिपर ब्याट्सम्यान लोकेश अझै अविजित छन् । जारी एनपीएलमा बनेको यो सातौँ अर्धशतक हो ।
यसअघि कर्णाली याक्सका शिखर धवन, चितवन राइनोजका रवी बोपरा, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी, जनकपुर बोल्ट्सका कप्तान अनिलकुमार साह, विराटनगर किङ्सका मार्टिन गप्टिल र जनकपुर बोल्ट्सका लाहिरु मिलनथाले अर्धशतक बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण