सिरियाको अर्को सहर पनि विद्रोहीको कब्जामा
शुक्रबार, २१ मङ्सिर २०८१, १० : ३४

दमस्कस । सिरियामा सेना हटेपछि आफूहरूले हामा सहरलाई पूर्ण रूपमा नियन्त्रणमा लिएको दाबी सिरियाली विद्रोही समूहले गरेका छन् । इस्लामिक चरमपन्थी विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस)का नेता अबु मोहम्मद अल–जवलानीले हामामा जीतको घोषणा गरेका छन् ।
सहरमा ‘कसैसँग पनि बदला नलिने’ उनले बताएका छन् । यसअघि विद्रोहीहरू र उनका सहयोगीहरूले हामाको केन्द्रीय कारागार कब्जा गरेका थिए ।
भीषण लडाइँका बीचमा उनीहरूले सो जेलका कैदीहरूलाई रिहा गरेका थिए । एलेप्पोबाट ११० किलोमिटर दक्षिणमा अवस्थित हामामा करीब १० लाख मानिस बस्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनओसी नलिइ अध्ययनका लागि भारत जाने विद्यार्थीको यकिन तथ्याङ्क छैन : शिक्षामन्त्री
-
व्यवस्थाविरूद्ध हुने गतिविधिको प्रतिवाद गर्ने सरकारको नीतिप्रति राप्रपाको आपत्ति
-
चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न दिनुहुँदैन : सभापति देउवा
-
शहिद लखन गाउँपालिकाले दियाे उत्कृष्ट वडालाई ५ लाख पुरस्कार
-
सङ्घीयता सुदृढीकरणका लागि अन्तर प्रदेश सहकार्य आवश्यक छ : मुख्यमन्त्री आचार्य
-
न्याय परिषद् नियमावली संशोधनविरूद्ध सर्वोच्चमा रिट