सिरियाको अर्को सहर पनि विद्रोहीको कब्जामा
शुक्रबार, २१ मङ्सिर २०८१, १० : ३४
दमस्कस । सिरियामा सेना हटेपछि आफूहरूले हामा सहरलाई पूर्ण रूपमा नियन्त्रणमा लिएको दाबी सिरियाली विद्रोही समूहले गरेका छन् । इस्लामिक चरमपन्थी विद्रोही समूह हयात तहरीर अल–शाम (एचटीएस)का नेता अबु मोहम्मद अल–जवलानीले हामामा जीतको घोषणा गरेका छन् ।
सहरमा ‘कसैसँग पनि बदला नलिने’ उनले बताएका छन् । यसअघि विद्रोहीहरू र उनका सहयोगीहरूले हामाको केन्द्रीय कारागार कब्जा गरेका थिए ।
भीषण लडाइँका बीचमा उनीहरूले सो जेलका कैदीहरूलाई रिहा गरेका थिए । एलेप्पोबाट ११० किलोमिटर दक्षिणमा अवस्थित हामामा करीब १० लाख मानिस बस्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण