इस्लामिक विद्रोहीहरु होम्स शहर छिर्नासाथ आफ्ना नागरिकलाई सिरिया छोड्न रुसको उर्दी
काठमाडौं । इस्लामिक विद्रोही समूह होम्स शहर छिरेसँगै रुसले आफ्ना नागरिकलाई सिरिया छोड्न आग्रह गरेको छ । इस्लामिक अतिवादी समूहले सिरियाको तेस्रो सबैभन्दा ठूलो शहर होम्समा कब्जा जमाउन लागेको खबर सनसनीपूर्ण ढंंगले फैलिएसँगै रुसले त्यहाँबाट आफ्ना नागरिकलाई देश छोड्न भनेको हो ।
विद्रोही समूले बिहीबार मात्रै उत्तरको हमा शहर कब्जागरेका थिए । जुन सिरियाली राष्ट्रपति बशर अल असदका लागि दोस्रो झट्का थियो । गएको हप्ता मात्रै इस्लामिक विद्रोहीले अलेप्पोमाथि कब्जा जमाएका थिए ।
इस्लामिक अतिवादी समूह एचटीएसका एक नेताले आफुहरुको लक्ष्य भनेकै असद शासनलाई उखेलेर मिल्काउनु हो । यस्तै, कुर्द नेतृत्वको सैन्य समूहले पूर्वी सिरियाको देर अल जोर समेत कब्जा गरेका छन् ।
सिरियाको सहयोगी रुसले आफ्ना नागरिकलाई देश छोड्न आग्रह गरेसँगै सिरियामा चलिरहेको गृहयुद्धले थप उग्र रुप लिने आँकलन गरिएको छ । बीबीसीका अनुसार विद्रोहीहरुको गति दैनिकजसो आश्चर्यजनक हिसाबले बढ्दै गएको छ भने यो परिवेश असद शासनका लागि निकै ठूलो चुनौति मानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण