राजधानी दमास्कसतर्फ अघि बढ्दै सिरियाका विद्रोहीहरू
दमास्कस । सिरियाका विद्रोहीहरू राजधानी दमास्कसतर्फ अघि बढिरहेका छन् । यसैबिच, विद्रोहीहरूले दक्षिणी सिरियाको डेराका अधिकांश भाग कब्जा गरेका छन् ।
डेरा त्यही क्षेत्र हो जहाँ सन् २०११ मा राष्ट्रपति बसर अल असदको विरोध सुरु भएको थियो। त्यसपछि देशमा गृहयुद्धको अवस्था सिर्जना भएको थियो । त्यस यता देशभर पाँच लाखभन्दा बढी मानिस मारिएका छन् ।
यो क्षेत्र रणनीतिक र प्रतीकात्मक रूपमा निकै महत्त्वपूर्ण छ । यो क्षेत्र जोर्डनको सिमानामा रहेको मुख्य क्रसिङको नजिक छ। बेलायतमा रहेको सिरियन अब्जर्भेटरीले सरकारी सेनासँगको ‘हिंसक झडप’ पछि ’स्थानीय विद्रोही समूहहरू’ ले सेनाको धेरै स्थानहरू कब्जा गर्न सफल भएको बताएको छ।
जोर्डनका आन्तरिक मन्त्रीले भने, ‘सिरियाको दक्षिणी भागमा सुरक्षा अवस्थालाई ध्यानमा राख्दै सिरियाको यस क्षेत्रसँगको सीमा बन्द गरिएको छ।’ हालै विद्रोहीहरूले हमामा कब्जा गरेका थिए । त्यहाँबाट हजारौँ मानिसहरू भागेका छन्।
सिरियाली सेनाले गत हप्ता अलेप्पोको नियन्त्रण गुमाएपछि राष्ट्रपति बसर अल-असदका लागि यो दोस्रो ठुलो धक्का थियो। गत साता सिरियामा विद्रोहीहरूले अचानक आक्रमण गर्न थालेपछि अल्पसङ्ख्यक समुदाय अलावाइटका मानिसहरू घर छाड्न थालेका छन् ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण