अब बोलेर होइन काम गरेर देखाउनुपर्छ : उपप्रधानमन्त्री सिंह
वालिङ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले अब बोल्नेभन्दा पनि उपलब्धि देखाउनुपर्ने बताएका छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ को मिर्मी बहुमुखी क्याम्पसको स्तरोन्नतिका लागि आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आज उद्घाटन गर्दै उनले जनताले बोलीभन्दा पनि परिणामको अपेक्षा गरिरहेकाले सोहीअनुसार सबै अगाडि बढ्नुपर्नेमा जोड दिए ।
“जनताको चाहना नै बोलीभन्दा पनि देखिने काम हुनुपर्यो भन्ने हो । काम हुनुपर्यो, चाँडै हुनुपर्यो, देखिने गरी हुनुपर्यो भन्ने छ । अहिलेको सरकारले यो कुरा बुझेरै अगाडि बढिरहेको छ । यसमा सबैको सहयोग आवश्यक छ”, उपप्रधानमन्त्री सिंहले भने ।
पवित्र उद्देश्य राखेर आयोजना गरिएको महायज्ञको सफलताको कामना गर्दै उनले यस क्षेत्रको शैक्षिक धरोहरका रूपमा स्थापित हुँदै गरेको क्याम्पसको स्तरोन्नतिका लागि नेपाल सरकारका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए । “यहाँहरूले पवित्र उद्देश्यसहित थाल्नुभएको यस कार्यको सफलताको कामना गर्छु । आगामी दिनमा अधुरा रहेका कार्य पूरा गर्न सहयोगका लागि म तयार छु”, उपप्रधानमन्त्री सिंहले भने।
क्याम्पसको स्तरोन्नति गर्ने उद्देश्यसहित आयोजना गरिएको महायज्ञमा पण्डित दीनबन्धु पोखरेलले कथावाचन गर्नेछन् । विसं २०६२ मा स्थापना भएको उक्त क्याम्पस १७ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण