इस्लामिक विद्रोहीहरु दमास्कस घुस्दै, आफु राजधानी छोडेर नभागेको राष्ट्रपति असदको प्रतिक्रिया
काठमाडौं । सिरियाली इस्लामिक विद्रोही संगठनले राजधानी दमास्कस नजिकै पुगिसकेको घोषणा गर्नासाथ दक्षिण पश्चिम मेजेहका कयौं नागरिकहरुले शहर छोडेका छन् । शासन कब्जा गर्ने भन्दै विद्रोही संगठनले चौतर्फी घेरा हालेसँगै आम नागरिकले शहर छोडेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
सिरियामा रहेका अमरिकी अधिकारीहरु बशर अल असदको शासन केही दिनमै ढल्ने आँकलन गर्न थालिसकेका छन् । विद्रोहीको घेराबन्दीमा परेका राष्ट्रपति असद दमास्कस छोडेर भागेको अड्कल समेत गर्न थालिएको छ । तर, राष्ट्रपति असदले आफुले राजधानी नछोडेको प्रतिक्रिया दिएको सीएनएनले उल्लेख गरेको छ ।
विद्रोही संगठनका नेताहरुले आफुहरु दमास्कसको द्वारमा पुगिसकेको भनी घोषणा गरेका छन् । दक्षिणी दारा प्रान्तमा विद्रोही संगठनले एक प्रमुख सन्यै अड्डामा कब्जा जमाएको बताइँदै छ ।
उता पश्चिमी क्षेत्रबाट विद्रोही संगठनहरु होम्सको प्रमुख शहरतर्फ अघि बढिरहेका छन् । स्थानीयहरुले सरकारी सेना पछि हटेको प्रतिक्रिया दिन थालेका छन् । आम नागरिकहरु शहर छोडेर हिँडेको क्षेत्र राष्ट्रपति भवनबाट करिब ५ किलोमिटरको दुरीमा मात्रै रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा आर्सनललाई घाटा
-
ला लिगामा शीर्ष क्लब एटलेटिको मड्रिडलाई झट्का
-
प्रिमियर लिगमा लिभरपुललाई थप सफलता, नुनेजले ३ मिनेटमा गरे दुई गोल
-
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
-
अपाङ्ग संघले मनायो स्थापना दिवस
-
१२ बजे, १२ समाचार : कोशीका पूर्व मुख्यमन्त्री थापामाथि हातपातदेखि देउवा र ओलीबिच ‘डीप लभ’सम्म