होम्स शहर पूर्ण कब्जामा रहेको सिरियाली विद्रोही समूहको दावी, दमास्कसमा भयको वातावरण
काठमाडौं । सिरियाली विद्रोही समूहले मुलुकको तेस्रो सबैभन्दा ठूलो शहर होम्स आफुहरुको पूर्ण नियन्त्रणमा आएको जिकिर गरेका छन् । इस्लामिक विद्रोही समूहका नेता गोलानीले ‘होम्स शहर पूर्ण नियन्त्रण’मा रहेको यो ऐतिहासिक क्षण भएको जिकिर गरेका हुन् ।
यसअघि सिरियाली रक्षा मन्त्रालयले ‘इस्लामिक अतिवादीहरु होम्स शहर प्रवेश गरेको’ खबर निराधार रहेको बताएको थियो । एक अमेरिकी अधिकारीको हवाला दिंदै बेलायती समाचार संस्था बीबीसीले राजधानी दमास्कस नजिकका उपनगरहरु एक पछि अर्को गर्दै विद्रोहीको कब्जामा गइरहेको, उल्लेख गरेको छ ।
बीबीसीका मध्यपूर्व संवाददाता ह्यूगो बचेगाले, ‘विद्रोहीले होम्समा कब्जा जमाएको खण्डमा राष्ट्रपति बशर अल असदको शासन संकटमा परेको रुपमा बुझ्नुपर्ने विश्लेषण हुन थालेको’ उल्लेख गरेका छन् । विद्रोहीहरुले राजधानी कमास्कस नजिकै पुगिसकेको भनी घोषणा गरेसँगै भ्रम र भय दुवैको माहोल सिर्जना भएको छ ।
लगभग २२ मिलियन जनसंख्या रहेको सिरिया भूमध्य सागरको पूर्वी तटमा अवस्थित छ । जसको उत्तरमा टर्की, पश्चिम एवं दक्षिण पश्चिममा लेबनान र इजरायल छन् । यस्तै, पूर्वमा इराक र दक्षिणमा जोडर्न समेत जोडिन्छ । लेबनानमा केही समयअघि मात्रै युद्धविराम लागू भएसँगै इजरायली आक्रणम बन्द भएको छ । छिमेकमा युद्ध सेलाउन नपाउँदै इस्लामिक विद्रोहीहरुले सिरियामा सत्ता कब्जालाई तीब्रता दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण