शुक्रबार, ११ माघ २०८१
ताजा लोकप्रिय

एनपीएलमा आज : जनकपुर र लुम्बिनी तथा सुदूरपश्चिम र चितवन भिड्दै

आइतबार, २३ मङ्सिर २०८१, ०७ : ११
आइतबार, २३ मङ्सिर २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुनेछ ।  यो खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।

तीन खेलमा तीन खेल नै जितेको जनकपुर चौथो जितको खोजीमा रहँदा लुम्बिनी लायन्स भने पहिलो जितको खोजीमा रहन्छ । जनकपुरले ६ अंक जोड्दा लुम्बिनी भने अंकविहीन रहेको छ । 

दोस्रो खेलमा अपराजित सुदूरपश्चिम रोएल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै छ । खेल दिउँसो १ बजे टीयू अन्तर्राष्ट्रिय मैदानमा सुरु हुनेछ ।

सुदूरपश्चिमले सुरुवाती तीनवटै खेल जितेर शानदार सुरुवात गरेको छ । चितवनले भने तीनमध्ये दुई खेल चाहिँ जितेको छ ।

सुदूरपश्चिम लगातार चौथो जित निकाल्दै प्लेअफ नजिक पुग्न चाहन्छ भने चितवन तेस्रो जितको खोजीमा हुनेछ । 

NPL - Nepal Premier League 2024 NPL - Nepal Premier League 2024

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप