एनपीएलमा आज : जनकपुर र लुम्बिनी तथा सुदूरपश्चिम र चितवन भिड्दै
आइतबार, २३ मङ्सिर २०८१, ०७ : ११
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुनेछ । यो खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।
तीन खेलमा तीन खेल नै जितेको जनकपुर चौथो जितको खोजीमा रहँदा लुम्बिनी लायन्स भने पहिलो जितको खोजीमा रहन्छ । जनकपुरले ६ अंक जोड्दा लुम्बिनी भने अंकविहीन रहेको छ ।
दोस्रो खेलमा अपराजित सुदूरपश्चिम रोएल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदै छ । खेल दिउँसो १ बजे टीयू अन्तर्राष्ट्रिय मैदानमा सुरु हुनेछ ।
सुदूरपश्चिमले सुरुवाती तीनवटै खेल जितेर शानदार सुरुवात गरेको छ । चितवनले भने तीनमध्ये दुई खेल चाहिँ जितेको छ ।
सुदूरपश्चिम लगातार चौथो जित निकाल्दै प्लेअफ नजिक पुग्न चाहन्छ भने चितवन तेस्रो जितको खोजीमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण