शनिबार, ०५ माघ २०८१
ताजा लोकप्रिय

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

आइतबार, २३ मङ्सिर २०८१, ०८ : ४८
आइतबार, २३ मङ्सिर २०८१

काठमाडौँ । आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार आज दिउँसो १ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । 

बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुनेछ ।

त्यस्तै दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । 

साढे २ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल लेजिस्लेटिभ एकेडेमीसँग छलफल हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप