सिरियामा प्रधानमन्त्रीले सार्वजनिक संस्थानको जिम्मेवारी सम्हाल्ने
दमस्कस । आफूहरूले राजधानी दमस्कस कब्जा गरेपछि राष्ट्रपति बसर अल–असदले देश छोडेको दाबी सिरियाली विद्रोही समूहले हयात तहरीर अल–शामले गरेको छ । यसैबिच सो समूहले देशका सार्वजनिक संस्थानको बागडोर प्रधानमन्त्रीले सम्हाल्ने बताएको छ ।
सैन्य बलहरूलाई हाल दमास्कसमा अवस्थित सार्वजनिक संस्थाका नजिक जान प्रतिबन्ध लगाइएको आफ्नो टेलिग्राम च्यानलमा हयात तहरीर अल–शामले भनेको छ । राष्ट्रपति बसर अल–असद दमास्कसबाट विमानमार्फत अज्ञात गन्तव्यतर्फ प्रस्थान गरेको भन्दै समाचार एजेन्सी रोयटर्सले दुई सिरियाली अधिकारीहरूलाई उद्धृत गर्दै समाचार लेखेको छ ।
यसैबिच एचटीएएसले जनताको नाममा टिभीमा आफ्नो सन्देश प्रसारण गर्ने बताएको छ । यस अघि नै समूहले दमस्कसमा रेडियो र टेलिभिजन मुख्यालय आफ्नो नियन्त्रणमा लिएको र यहीबाट आफ्नो जितको घोषणा गर्ने बताएको थियो । राजधानीमा विद्रोहीहरू छिरेपछि सरकारी टिभीको प्रसारण बन्द गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीय त्रसित
-
नेकपा एकीकृत समाजवादी लुम्बिनीको अधिवेशन फागुन २१ गते हुने
-
१० बजे १० समाचार : कविता बहसदेखि महिला विश्वकपमा नेपालको डेब्यूसम्म
-
६ महिनामा ३ लाख ९३ हजारले लिए श्रम स्वीकृति
-
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री थापामाथि हातपात
-
ट्रकको ठक्करबाट मृत्यु भएका मोटरसाइकल चालकको शव उठाउने सहमति