दमस्कस सुरक्षित रहेको विपक्षी नेताको दाबी
आइतबार, २३ मङ्सिर २०८१, ११ : ५८
दमस्कस । राजधानी दमस्कसमा प्रवेश गरेर इस्लामिक विद्रोही समूह हयात तहरीर अल–शामले सिरियालाई स्वतन्त्र घोषणा गरेको छ । विद्रोहीहरूले राष्ट्रपति बसर अल असदले देश छोडेको दाबी गरेका छन् ।
यसैबिच विपक्षी दलका नेता हादी अल बहराले दमास्कस सुरक्षित रहेको बताएका छन् । असदको सरकार पतन भएको र सिरियाको इतिहासको कालो युग गुज्रिसकेको बहराले अरबी समाचार च्यानल अल–अरेबियालाई भनेका छन् ।
‘सबै सम्प्रदाय र धर्मका हाम्रा मानिसहरू, जबसम्म तपाईंले अरू कुनै नागरिकको विरुद्धमा हतियार उठाउनुहुन्न, जबसम्म तपाईं आफ्नो घरमा बस्नुहुन्छ, तबसम्म तपाईं सुरक्षित हुनुहुन्छ,’ बहराले माइक्रोब्लगिङ वेबसाइट एक्समा लेखेका छन् ।
न त बदला लिने जस्तो कुनै कारबाही गरिने छैन न त मानवअधिकारको उल्लङ्घन गरिने भन्दै उनले जनताको मर्यादाको सम्मान र रक्षा गरिने भनेर लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गली हात्ती बस्तीमा पसेपछि स्थानीय त्रसित
-
नेकपा एकीकृत समाजवादी लुम्बिनीको अधिवेशन फागुन २१ गते हुने
-
१० बजे १० समाचार : कविता बहसदेखि महिला विश्वकपमा नेपालको डेब्यूसम्म
-
६ महिनामा ३ लाख ९३ हजारले लिए श्रम स्वीकृति
-
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री थापामाथि हातपात
-
ट्रकको ठक्करबाट मृत्यु भएका मोटरसाइकल चालकको शव उठाउने सहमति