दमस्कस सुरक्षित रहेको विपक्षी नेताको दाबी
आइतबार, २३ मङ्सिर २०८१, ११ : ५८
दमस्कस । राजधानी दमस्कसमा प्रवेश गरेर इस्लामिक विद्रोही समूह हयात तहरीर अल–शामले सिरियालाई स्वतन्त्र घोषणा गरेको छ । विद्रोहीहरूले राष्ट्रपति बसर अल असदले देश छोडेको दाबी गरेका छन् ।
यसैबिच विपक्षी दलका नेता हादी अल बहराले दमास्कस सुरक्षित रहेको बताएका छन् । असदको सरकार पतन भएको र सिरियाको इतिहासको कालो युग गुज्रिसकेको बहराले अरबी समाचार च्यानल अल–अरेबियालाई भनेका छन् ।
‘सबै सम्प्रदाय र धर्मका हाम्रा मानिसहरू, जबसम्म तपाईंले अरू कुनै नागरिकको विरुद्धमा हतियार उठाउनुहुन्न, जबसम्म तपाईं आफ्नो घरमा बस्नुहुन्छ, तबसम्म तपाईं सुरक्षित हुनुहुन्छ,’ बहराले माइक्रोब्लगिङ वेबसाइट एक्समा लेखेका छन् ।
न त बदला लिने जस्तो कुनै कारबाही गरिने छैन न त मानवअधिकारको उल्लङ्घन गरिने भन्दै उनले जनताको मर्यादाको सम्मान र रक्षा गरिने भनेर लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण