शनिबार, ०५ माघ २०८१
ताजा लोकप्रिय

सिक्री लुटपाट गरेको आरोपमा दुई जना पक्राउ

आइतबार, २३ मङ्सिर २०८१, १२ : ४६
आइतबार, २३ मङ्सिर २०८१

काठमाडौँ । सुनको सिक्री लुटमा संलग्न आरोपमा प्रहरीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको धुनिवेशी घर भएर काठमाडौँ बस्ने ४२ वर्षीय गोरे तामाङ र काठमाडौँको बिजेश्वरी घर भएका ३९ वर्षीय कृष्णप्रसाद श्रेष्ठ उर्फ बाबु छन् । 

आरोपीहरूले मङ्सिर २० मा नागार्जुन नगरपालिका–६ स्थित टौखेलमा ७२ वर्षीया महिलाको करिब २ तोलाको सिक्री लुटपाट गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

सिक्री लुटेर उनीहरू मोटरसाइकलमा फरार भएका हुन् । आरोपीहरूमाथि प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप