सिक्री लुटपाट गरेको आरोपमा दुई जना पक्राउ
आइतबार, २३ मङ्सिर २०८१, १२ : ४६
काठमाडौँ । सुनको सिक्री लुटमा संलग्न आरोपमा प्रहरीले काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको धुनिवेशी घर भएर काठमाडौँ बस्ने ४२ वर्षीय गोरे तामाङ र काठमाडौँको बिजेश्वरी घर भएका ३९ वर्षीय कृष्णप्रसाद श्रेष्ठ उर्फ बाबु छन् ।
आरोपीहरूले मङ्सिर २० मा नागार्जुन नगरपालिका–६ स्थित टौखेलमा ७२ वर्षीया महिलाको करिब २ तोलाको सिक्री लुटपाट गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
सिक्री लुटेर उनीहरू मोटरसाइकलमा फरार भएका हुन् । आरोपीहरूमाथि प्रहरी वृत्त स्वयम्भूले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
-
रास्वपा लमजुङको सभापतिमा ५ जना चुनाव लडे, कसैले बहुमत नपाएपछि सापकोटा सर्वसम्मत बने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण