सिरियाबारे इरान– असदले हामीसँग सहयोग मागेनन्
सोमबार, २४ मङ्सिर २०८१, ०७ : ५१
तेहरान । इरानका विदेशमन्त्री अब्बास अरागचीले सिरियाका पूर्वराष्ट्रपति बसर अल असदले इरानसँग कुनै सहयोग नमागेको बताएका छन् । अरागचीले आइतबार इरानी सञ्चारमाध्यमलाई उक्त बयान दिएका हुन् ।
इरान पूर्वराष्ट्रपति असदको सहयोगी रहेको छ । अब्बास अराघचीले भने, ‘हामीलाई कहिल्यै मद्दत गर्न भनिएको थिएन तर मूलतः यो सिरियाली सेनाको काम थियो, हामीले यसलाई आफ्नो कर्तव्यको रूपमा लिइरहेका छैनौँ।’
उनले थप भने, ‘यसमा अचम्मको कुरा के छ भने सिरियाली सेनाले विद्रोहीलाई रोक्न सकेन र यो सबै चाँडै भयो।’
यसैबिच रुसी सञ्चारमाध्यमले मस्को पुगेका बशर अल असद र उनको परिवारले राजनीतिक शरण लिन सक्ने बताएका छन् । गत हप्ताको सुरुमा, विद्रोहीहरूले सिरियाका सहरहरू द्रुत रूपमा कब्जा गरे, जसको परिणाम स्वरूप तत्कालीन सिरियाली राष्ट्रपति असदले देश छोड्नु परेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण