मोहम्मद अल–बशीर सिरियाको अन्तरिम प्रधानमन्त्री नियुक्त
दमास्कस । सिरियामा बसर अल असदलाई सत्ताबाट हटाउन विद्रोही समूहलाई सघाउन महत्त्वपूर्ण भूमिका खेलेका मोहम्मद अल–बशीरलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरिएको छ । स्थानीय सञ्चारमाध्यमले यो जानकारी दिएका छन् ।
एक टेलिभिजन सम्बोधनमा मोहम्मद अल-बशीरले उनी अर्को वर्ष मार्च १ सम्म पदमा रहन तयार घोषणा गरेका छन्। बशीरले सानो मन्त्रिपरिषद्को नेतृत्व गर्नेछन्। सार्वजनिक सेवाहरू पुनः सुचारु गर्न सकोस् भनेर यसो गरिएको हो।
उनी हाल इदलिब प्रान्तको प्रशासनको जिम्मेवारी सम्हालिरहेका छन् । केही सरकारी निकायले निजामती कर्मचारी र स्वास्थ्यकर्मीलाई काममा फर्किन आग्रह गरेको बेला यो घोषणा भएको हो ।
एलेप्पो, हामा र होम्सपछि विद्रोहीले आइतबार राजधानी दमास्कस कब्जा गरेका थिए । यसपछि विद्रोहीले सिरिया स्वतन्त्र भएको बताए । देश छोडेर भागेका बशर अल असदलाई रुसले आश्रय दिएको छ ।