मोहम्मद अल–बशीर सिरियाको अन्तरिम प्रधानमन्त्री नियुक्त
दमास्कस । सिरियामा बसर अल असदलाई सत्ताबाट हटाउन विद्रोही समूहलाई सघाउन महत्त्वपूर्ण भूमिका खेलेका मोहम्मद अल–बशीरलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरिएको छ । स्थानीय सञ्चारमाध्यमले यो जानकारी दिएका छन् ।
एक टेलिभिजन सम्बोधनमा मोहम्मद अल-बशीरले उनी अर्को वर्ष मार्च १ सम्म पदमा रहन तयार घोषणा गरेका छन्। बशीरले सानो मन्त्रिपरिषद्को नेतृत्व गर्नेछन्। सार्वजनिक सेवाहरू पुनः सुचारु गर्न सकोस् भनेर यसो गरिएको हो।
उनी हाल इदलिब प्रान्तको प्रशासनको जिम्मेवारी सम्हालिरहेका छन् । केही सरकारी निकायले निजामती कर्मचारी र स्वास्थ्यकर्मीलाई काममा फर्किन आग्रह गरेको बेला यो घोषणा भएको हो ।
एलेप्पो, हामा र होम्सपछि विद्रोहीले आइतबार राजधानी दमास्कस कब्जा गरेका थिए । यसपछि विद्रोहीले सिरिया स्वतन्त्र भएको बताए । देश छोडेर भागेका बशर अल असदलाई रुसले आश्रय दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण