सडक दुर्घटनामा कमेडियन हिक्मत महराको निधन
बुधबार, २६ मङ्सिर २०८१, १३ : ३२
काठमाडौंँ । कमेडियन हिक्मत महराको निधन भएको छ । महराको सडक दुर्घटनाका कारण निधन भएको हो । ‘कमेडी च्याम्पियन’ सिजन २ बाट चर्चामा आएका महरा मंगलबार राति कैलालीको गोदावरी नगरपालिका–४, गोदावरीस्थित भीमदत्त राजमार्गमा दुर्घटनामा परेका हुन् । उनले मोटरसाइकल सडकमा रोकिराखेको ट्रकसँग ठोक्किएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका महरालाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पुर्याइएको थियो । उपचारको क्रममा उनको निधन भएको हो । उनको निधनमा निर्देशक विशाल भण्डारी, कमेडियनहरू हिमेश पन्त, मेक्सम गौडेल, भरतमणि पौड्याल लगायतले सामाजिक सञ्जालबाट श्रद्धाञ्जली दिएका छन् ।
‘कमेडी च्याम्पियन’को दोस्रो सिजनबाट निकै चर्चामा आएका ३० वर्षीय महरा शुक्लाफाँटा नगरापालिका–११ कलुवापुर बनसाहका बासिन्दा थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण