सिरियामा विद्रोहीले असदका पिताको चिहानमा आगो लगाए
बुधबार, २६ मङ्सिर २०८१, २० : १६
_m7AiMiADJc.png)
दमास्क । पश्चिमी सिरियाको लताकिया प्रान्तबाट केही यस्ता तस्बिरहरू आएका छन् जसमा विद्रोही लडाकुहरूले हाफेज अल-असदको चिहानबाट निकालिएको कब्र नजिकै आगो लगाइएको देखिएका छन्। अपदस्थ सिरियाली राष्ट्रपति बशर अल-असदका पिताको कब्र चिहानबाट निकालेर आगो लगाइएको विश्वास गरिएको छ ।
असदका पिता र सिरियाका पूर्व राष्ट्रपतिको सन् २००० मा निधन भएको थियो । उनको आफ्नै गाउँ कर्दहमा दाहसंस्कार गरिएको थियो ।
सिरियामा इस्लामिक विद्रोही संगठन हयात तहरीर अल-शामले २७ नोभेम्बरमा असद सरकारको सेनाविरुद्ध ठुलो हमला गरेको थियो। विद्रोही समूहले पहिले सिरियाको दोस्रो ठुलो सहर एलेप्पो कब्जा गरेको थियो । त्यसपछि उनीहरूले हामा र होम्स सहरहरू पनि कब्जा गरे।
डिसेम्बर ८ सम्म, तिनीहरूले राजधानी दमास्कस कब्जा गरिसकेका छन् । यी आक्रमणपछि राष्ट्रपति बशर अल असद देश छोडेर रुस गएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियापछि कास्कीको धम्पुसबाट थालियो ‘पीआर’को छायाङ्कन
-
भारत-पाकिस्तानलाई संयुक्त राष्ट्रसंघका महासचिवले दिए यस्तो सुझाव
-
फ्रेडरिख मर्ज जर्मनीको नयाँ चान्सलर निर्वाचित
-
राक्सिराङमा बोलेरो दुर्घटना : ९ जना घाइते, ६ जनाको अवस्था गम्भीर
-
कोशी प्रदेश सभाका अधिकांश सांसद भ्रमणमा व्यस्त, संसदीय गतिविधि ठप्प
-
भारत पाकिस्तान तनाव : कश्मीरका विद्यालय बन्द, परीक्षा स्थगित