सिरियामा विद्रोहीले असदका पिताको चिहानमा आगो लगाए
बुधबार, २६ मङ्सिर २०८१, २० : १६
दमास्क । पश्चिमी सिरियाको लताकिया प्रान्तबाट केही यस्ता तस्बिरहरू आएका छन् जसमा विद्रोही लडाकुहरूले हाफेज अल-असदको चिहानबाट निकालिएको कब्र नजिकै आगो लगाइएको देखिएका छन्। अपदस्थ सिरियाली राष्ट्रपति बशर अल-असदका पिताको कब्र चिहानबाट निकालेर आगो लगाइएको विश्वास गरिएको छ ।
असदका पिता र सिरियाका पूर्व राष्ट्रपतिको सन् २००० मा निधन भएको थियो । उनको आफ्नै गाउँ कर्दहमा दाहसंस्कार गरिएको थियो ।
सिरियामा इस्लामिक विद्रोही संगठन हयात तहरीर अल-शामले २७ नोभेम्बरमा असद सरकारको सेनाविरुद्ध ठुलो हमला गरेको थियो। विद्रोही समूहले पहिले सिरियाको दोस्रो ठुलो सहर एलेप्पो कब्जा गरेको थियो । त्यसपछि उनीहरूले हामा र होम्स सहरहरू पनि कब्जा गरे।
डिसेम्बर ८ सम्म, तिनीहरूले राजधानी दमास्कस कब्जा गरिसकेका छन् । यी आक्रमणपछि राष्ट्रपति बशर अल असद देश छोडेर रुस गएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण