एकै खेलमा कप्तान साहको पाँच क्याचको रेकर्ड
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सका कप्तान अनिल साहले कुनै पनि खेलमा सबैभन्दा धेरै क्याचको कीर्तिमान बनाउन सफल भएका छन् । काठमाडौँ गुर्खाजविरुद्ध बिहीबारको खेलमा साहले ५ वटा क्याच लिन सफल भएका हुन् ।
साहले मोहम्मद मोहसिनको बलमा भीम सार्की र जेरहार्ड इरास्मको क्याच लिए । त्यसतै, ललित राजवंशको बलिङमा सुमित महर्जनलाई आउट गरे ।
त्यसपछि अरनिको यादवको बलमा रसिद खानको क्याच लिएका उनले अन्त्यमा शेर मल्लको बलमा दीपेश कँडेललाई क्याच आउट गरे ।
एनपीएलको २१ औँ खेलमा काठमाडौँ गुर्खाजले जनकपुर बोल्ट्ससामु १ सय २ रनको लक्ष्य प्रस्तुत गरेको छ । ललित राजवंशीले घातक बलिङ गरेपछि काठमाडौँ १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय १ रन मात्र बनाउन सक्यो ।
जनकपुर बोल्ट्स अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ । ५ खेलमध्ये एकमा हार बोहोरेको जनकपुरले ८ अङ्क बटुलेको छ । आजको खेल जिते टोलीले प्लेअफमा स्थान पक्का गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण