एकै खेलमा कप्तान साहको पाँच क्याचको रेकर्ड

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सका कप्तान अनिल साहले कुनै पनि खेलमा सबैभन्दा धेरै क्याचको कीर्तिमान बनाउन सफल भएका छन् । काठमाडौँ गुर्खाजविरुद्ध बिहीबारको खेलमा साहले ५ वटा क्याच लिन सफल भएका हुन् ।
साहले मोहम्मद मोहसिनको बलमा भीम सार्की र जेरहार्ड इरास्मको क्याच लिए । त्यसतै, ललित राजवंशको बलिङमा सुमित महर्जनलाई आउट गरे ।
त्यसपछि अरनिको यादवको बलमा रसिद खानको क्याच लिएका उनले अन्त्यमा शेर मल्लको बलमा दीपेश कँडेललाई क्याच आउट गरे ।
एनपीएलको २१ औँ खेलमा काठमाडौँ गुर्खाजले जनकपुर बोल्ट्ससामु १ सय २ रनको लक्ष्य प्रस्तुत गरेको छ । ललित राजवंशीले घातक बलिङ गरेपछि काठमाडौँ १९.३ ओभरमा सबै विकेट गुमाउँदै १ सय १ रन मात्र बनाउन सक्यो ।
जनकपुर बोल्ट्स अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ । ५ खेलमध्ये एकमा हार बोहोरेको जनकपुरले ८ अङ्क बटुलेको छ । आजको खेल जिते टोलीले प्लेअफमा स्थान पक्का गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशिष्ट उपचार सेवा सातै प्रदेशमा, बीमाको आर्थिक संकटसँग जुध्ने प्रयास
-
ला लिगामा ३४ औं चरणका खेल सुरु, बार्सिलोना उपाधि नजिक
-
प्रिमियर लिग : पेप ग्वार्डिवलाको म्यान्सिटी तेस्रो स्थानमा
-
चीन-भारत जोड्ने कालीगण्डकी कोरिडोर छेउको रूपसे झरनामा धमाधम पर्यटकीय पूर्वाधार निर्माण
-
फेरि उकालो लाग्दै अमेरिकी डलर, कति छ अन्य विदेशी मुद्राको मूल्य ?
-
अबुधावीमा राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा