शुक्रबार, १९ वैशाख २०८२
ताजा लोकप्रिय
नेपाल प्रिमियर लिग

प्लेअफको आसमा रहेको कर्णालीद्वारा १ सय २९ रनको लक्ष्य प्रस्तुत

शुक्रबार, २८ मङ्सिर २०८१, १० : १९
शुक्रबार, २८ मङ्सिर २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिगको २२ औँ खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध १ सय २९ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २८ रन बनाएको हो ।

टोलीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रनको योगदान दिए । मात्र ३० बलमा उनले ३ चौका र ३ छक्का हिर्काए । अर्जुन घर्तीले २५ रन बनाए । उनले २५ बलमा २ चौका र १ छक्का प्रहार गरे । दुवैले मिलेर ७२ रनको साझेदारी गरे ।

karnali vs lumbimi (1)

ओपनर बाबर हायातले २२ बलमा २० रन जोडे । उनले १ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, चाडविक वाल्टनले १५ बलमा १३ रन जोडे ।

karnali vs lumbimi (2)

लुम्बिनी लायन्सका लागि विकास अग्रीले ३ विकेट हात पारे । दुई ओभर बलिङ गरेका उनले १४ रन खर्चिए । तीनै विकेट उनले अन्तिम ओभरमा लिएका थिए ।

तिलक भण्डारीले ४ ओभर बलिङ गर्दै २३ रन खर्चेर २ विकेट लिए ।

karnali vs lumbimi (3)

साद बिन जाफरले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए । कप्तान रोहित पौडेलले २ ओभरमा मात्र ६ रन खर्चेर १ विकेट हात पारे । रेमन सिमन्ड्सले पनि १ विकेट लिए ।

karnali vs lumbimi (4)

लुम्बिनी लायन्सको यसअघि नै प्रतियोगिताको प्लेअफमा पुग्ने सम्भावना समाप्त भइसकेको छ । टोलीले यसअघि खेलेका ६ मध्ये १ खेल मात्र जित्न सकेको छ । 

यता, कर्णाली याक्स भने आजको खेल जित्दै प्लेअफमा पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । टोलीले यसअघि खेलेका ५ मध्ये ३ खेलमा जित र २ खेलमा हार बेहोरेको छ । टोली ६ अङ्क बटुल्दै चौथो स्थानमा छ ।

ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025 ICC U19 Men's Cricket World Cup Asia Qualifier, 2025

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप