बागमती खोला छेउमा क्याम्पस बस फस्यो, तस्बिरहरु
आइतबार, ३० मङ्सिर २०८१, १९ : १४

काठमाडौँ । सानेपा बागमती खोला छेउ पर्ने टेकु दोभान नजिकैको पुलमुनि हरेक महिना पानी जमिरहने समस्या छ । चाहे बर्खाको समय होस् या हिउँदको, यो क्षेत्रमा सधैंजसो पानी जम्ने गरेको छ । हाल पनि उक्त स्थानमा पानी जमेको अवस्था छ ।
आइतबार साँझ सोही स्थानमा क्याम्पसको बस पानीमा फसेको छ । बसमा रहेका विद्यार्थी र चालकलाई सकुशल बाहिर निकालिएको छ । यो स्थानमा पानी जम्ने समस्या हरेक वर्ष देखिने गरेको छ । त्यहाँ पुलमुनि धेरै सवारीसाधन फस्ने गरेका घटनाहरू पटक–पटक दोहोरिइरहेका छन् । यो क्षेत्र ललितपुर महानगरपालिकाको अन्तर्गत पर्दछ । तर, महानगरपालिकाले अहिलेसम्म यस समस्याको समाधानका लागि कुनै प्रभावकारी कदम उठाएको पाइएको छैन ।
स्थानीय बासिन्दाहरूले यस विषयमा महानगरको ध्यानाकर्षण गराउँदै समस्या समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायात व्यवसायीद्वारा देशव्यापी हडताल फिर्ता
-
ओलीको ‘झोले’ अभियानविरूद्ध उत्रिए एमालेकै कार्यकर्ता !
-
राजावादीको पहिलो चरणको आन्दोलन सम्पन्न, बैठक आह्वान
-
सरकार यातायात व्यवसायीकाे पक्षमा उभिएपछि राइडर्सहरू रूष्ट, आन्दोलनको चेतावनी
-
नामीद्वारा ४० देशमा १२ हजारभन्दा बढी जेएफ–एस ३ युनिट निर्यात
-
राजनीतिमा को बुढो ? कस्तो बुढो ?