बागमती खोला छेउमा क्याम्पस बस फस्यो, तस्बिरहरु
आइतबार, ३० मङ्सिर २०८१, १९ : १४
काठमाडौँ । सानेपा बागमती खोला छेउ पर्ने टेकु दोभान नजिकैको पुलमुनि हरेक महिना पानी जमिरहने समस्या छ । चाहे बर्खाको समय होस् या हिउँदको, यो क्षेत्रमा सधैंजसो पानी जम्ने गरेको छ । हाल पनि उक्त स्थानमा पानी जमेको अवस्था छ ।

आइतबार साँझ सोही स्थानमा क्याम्पसको बस पानीमा फसेको छ । बसमा रहेका विद्यार्थी र चालकलाई सकुशल बाहिर निकालिएको छ । यो स्थानमा पानी जम्ने समस्या हरेक वर्ष देखिने गरेको छ । त्यहाँ पुलमुनि धेरै सवारीसाधन फस्ने गरेका घटनाहरू पटक–पटक दोहोरिइरहेका छन् । यो क्षेत्र ललितपुर महानगरपालिकाको अन्तर्गत पर्दछ । तर, महानगरपालिकाले अहिलेसम्म यस समस्याको समाधानका लागि कुनै प्रभावकारी कदम उठाएको पाइएको छैन ।

स्थानीय बासिन्दाहरूले यस विषयमा महानगरको ध्यानाकर्षण गराउँदै समस्या समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेका छन् ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री निर्वाचित, कार्यसमितिमा प्यानलकै वर्चस्व
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण