४३ वर्षमा जसले गरे १२ पटक बिहे र सम्बन्ध विच्छेद
भियन्ना । अष्ट्रियाको भियन्नामा प्रहरीहरूले एउटा अनौठो दम्पतीमाथि छानबिन गरिरहेका छन् । यी जोडीले ४३ वर्षको अवधिमा एक-अर्कासँग १२ पटक बिहे गरेर सम्बन्ध विच्छेद गरेका थिए ।
कानुनमा रहेको छिद्रको दुरुपयोग गरेर ठुलो रकम कुम्ल्याउन जोडीले बिहे गर्दै सम्बन्ध विच्छेदको नाटक गरेको आशंकामा यो छानबिन भएको हो । यो वृद्ध दम्पतीले हरेक पटक सम्बन्ध विच्छेद गर्दा सन् १९८१ मा उनको पहिलो श्रीमानको मृत्यु पछि उनलाई दिइएको २७ हजार डलर बराबरको गुजारा भत्ता पाउने गरी कागज बनाउँथे ।
अष्ट्रियामा कुनै पनि महिला विवाहित नरहेको अवस्थामा गुजारा भत्ता पुनः पाउन सक्ने व्यवस्था छ । हरेक साढे २ वर्षमा पहिलाको पतिको विधवाको रूपमा पाउने वार्षिक पेन्सनको साढे २ गुणा लिन महिला र उनको दोस्रो श्रीमानले हरेक ३÷३ वर्षमा सम्बन्ध विच्छेद गर्थे । सो पैसा पाएपछि उनीहरू फेरि बिहे गर्थे । दोस्रो श्रीमानसँग १२ औँ पटक सम्बन्ध विच्छेद गरेर महिलाले पहिलो पतिको विधवाको रूपमा पाउने पेन्सन दिन पेन्सन इन्सुरेन्स इन्ष्टिच्युटले नमानेपछि सन २०२२ को मेमा यो घटना प्रकाशमा आएको थियो ।
यस मामिलामा सामान्य छानबिनको क्रममा महिला र उनको वर्तमान पतिले हरेक पटक पैसा लिन सम्बन्ध विच्छेद गर्ने र पैसा पाउने बित्तिकै बिहे गरिहाल्ने गरेको पाइयो । अपराध अनुसन्धान विभागले गरेको अनुसन्धानका क्रममा दुवै जना सधैँ एउटै घरमा बसेर, पकाउने खाने गरेको पनि पाइयो । दम्पतीको छिमेकीहरूलाई भने उनीहरूले सम्बन्ध विच्छेद गर्दै बिहे गरेको थाहा थिएन । अझ छिमेकमा त सबैले उनीहरूलाई मोडल जोडीको रूपमा हेर्थे ।
सन् २०२४ को मार्च १२ मा सर्वोच्च अदालतले एउटा सुनवाइमा एउटै व्यक्तिसँग बारम्बार बिहे र सम्बन्ध विच्छेद गर्दा कानुनको दुरुपयोग हुने र पूर्वपतिको मृत्यु पछि महिलाले बिहे गरिनन् भने मात्रै विधवाले पेन्सन पाउने भनेर फैसला सुनाएको छ । वृद्ध जोडीले धोकाधडीको मुद्दा खेपिरहेका छन् । विगत ४३ वर्षमा दम्पतीले ३ लाख २६ हजार यूरो ठगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण