४३ वर्षमा जसले गरे १२ पटक बिहे र सम्बन्ध विच्छेद

भियन्ना । अष्ट्रियाको भियन्नामा प्रहरीहरूले एउटा अनौठो दम्पतीमाथि छानबिन गरिरहेका छन् । यी जोडीले ४३ वर्षको अवधिमा एक-अर्कासँग १२ पटक बिहे गरेर सम्बन्ध विच्छेद गरेका थिए ।
कानुनमा रहेको छिद्रको दुरुपयोग गरेर ठुलो रकम कुम्ल्याउन जोडीले बिहे गर्दै सम्बन्ध विच्छेदको नाटक गरेको आशंकामा यो छानबिन भएको हो । यो वृद्ध दम्पतीले हरेक पटक सम्बन्ध विच्छेद गर्दा सन् १९८१ मा उनको पहिलो श्रीमानको मृत्यु पछि उनलाई दिइएको २७ हजार डलर बराबरको गुजारा भत्ता पाउने गरी कागज बनाउँथे ।
अष्ट्रियामा कुनै पनि महिला विवाहित नरहेको अवस्थामा गुजारा भत्ता पुनः पाउन सक्ने व्यवस्था छ । हरेक साढे २ वर्षमा पहिलाको पतिको विधवाको रूपमा पाउने वार्षिक पेन्सनको साढे २ गुणा लिन महिला र उनको दोस्रो श्रीमानले हरेक ३÷३ वर्षमा सम्बन्ध विच्छेद गर्थे । सो पैसा पाएपछि उनीहरू फेरि बिहे गर्थे । दोस्रो श्रीमानसँग १२ औँ पटक सम्बन्ध विच्छेद गरेर महिलाले पहिलो पतिको विधवाको रूपमा पाउने पेन्सन दिन पेन्सन इन्सुरेन्स इन्ष्टिच्युटले नमानेपछि सन २०२२ को मेमा यो घटना प्रकाशमा आएको थियो ।
यस मामिलामा सामान्य छानबिनको क्रममा महिला र उनको वर्तमान पतिले हरेक पटक पैसा लिन सम्बन्ध विच्छेद गर्ने र पैसा पाउने बित्तिकै बिहे गरिहाल्ने गरेको पाइयो । अपराध अनुसन्धान विभागले गरेको अनुसन्धानका क्रममा दुवै जना सधैँ एउटै घरमा बसेर, पकाउने खाने गरेको पनि पाइयो । दम्पतीको छिमेकीहरूलाई भने उनीहरूले सम्बन्ध विच्छेद गर्दै बिहे गरेको थाहा थिएन । अझ छिमेकमा त सबैले उनीहरूलाई मोडल जोडीको रूपमा हेर्थे ।
सन् २०२४ को मार्च १२ मा सर्वोच्च अदालतले एउटा सुनवाइमा एउटै व्यक्तिसँग बारम्बार बिहे र सम्बन्ध विच्छेद गर्दा कानुनको दुरुपयोग हुने र पूर्वपतिको मृत्यु पछि महिलाले बिहे गरिनन् भने मात्रै विधवाले पेन्सन पाउने भनेर फैसला सुनाएको छ । वृद्ध जोडीले धोकाधडीको मुद्दा खेपिरहेका छन् । विगत ४३ वर्षमा दम्पतीले ३ लाख २६ हजार यूरो ठगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडामा यात्रुबसले कार र ट्याङ्करलाई ठक्कर दिँदा १० जना घाइते
-
चित्रकथा : २६ जना कलाकारको कलामा भक्तपुरको आत्मा
-
अनेरास्ववियुमा नवनिर्वाचित सचिवहरूको कार्य विभाजन : कसले के जिम्मेवारी पाए ?
-
असारका लागि अधिकांश बैंकले घटाए निक्षेपको ब्याजदर, घट्नुमा मुख्य दुई कारण?
-
भारत सरकारद्वारा नेपालका स्वास्थ्य संस्थालाई ४० एम्बुलेन्स प्रदान
-
'चीनले नेपालको सार्वभौमसत्तालाई सधैँ समर्थन गर्छ'