बुण्डेस लिगा : बार्यनको अग्रता बलियो
शनिबार, ०६ पुस २०८१, ०४ : ४०
काठमाडौं । जर्मन बुण्डेस लिगामा बायर्न म्युनिखले अग्रतालाई थप मजबुद बनाएको छ । घरेलु मैदानमा शुक्रबार राती भएको खेलमा आरबी लेपजिगलाई ५-१ को फराकिलो अन्तरले हराउँदै बायर्नले शीर्षस्थानको अग्रतालाई थप मजबुद बनाएको हो ।
हालसम्म खेलेका १५ मध्ये जम्मा १ खेल गुमाएको बायर्नको ३६ अंक छ भने दोस्रो स्थानमा रहेको बायर लिभरकुजेनको २९ अंक छ । घरेलु मैदानमा बार्यनको फराकिलो जितमा मुसियाला, लेमर, किमिच, साने र डेभिसले एक–एक गोलको योगदान गरे । विपक्षी लेपजिगकातर्फबाट सेस्कोले एक गोल फर्काए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण