ट्याङ्कर विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो
जयपुर । जयपुरमा शुक्रबार भएको ट्याङ्कर विस्फोटमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । यस घटनामा ३० भन्दा बढी सवारी साधन जलेका छन् ।
यस घटनामा घाइते २७ जनाको अझै अस्पतालमा उपचार भइरहेको छ भने ७ जना भेन्टिलेटरमा छन् । कांग्रेस नेता तथा राजस्थानका पूर्व उपमुख्यमन्त्री सचिन पायलट शनिबार अस्पताल पुगेर घाइतेको अवस्थाबारे जानकारी लिएका छन् ।
सञ्चारकर्मीसँग कुरा गर्दै सचिन पाइलटले भने, ‘यो दुर्घटना एकदमै डरलाग्दो दुर्घटना थियो, जसका कारण हामी सबै दुःखी छौँ। यति ठुलो दुर्घटना के कारणले भयो भन्ने अनुसन्धान होस् भन्ने चाहन्छु। यस विषयमा निष्पक्ष र पारदर्शी छानबिन हुनुपर्छ।’
पाइलटले भने, ‘आगो लागेको र मानिसको ज्यान जानु हृदय विदारक छ। मानिसहरू ७० प्रतिशतसम्म जलेका छन्, उनीहरू आईसीयूमा भर्ना छन्। धेरैको ज्यान गएको छ। मलाई आशा छ कि यस्तो घटना फेरि कहिल्यै नहोस्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण