बढ्दै मध्यपूर्व तनाव : अमेरिकी सेना उत्रियो हुथीविरुद्ध आक्रमणमा
काठमाडौं । अमेरिकी सेनाले यमनको राजधानी सनामा हुथी विद्रोही रहेको क्षेत्रलाई लक्षित गरी हवाई आक्रमण गरेको छ । आक्रमणको निशानामा क्षेप्यास्त्र भण्डारण तथा कमाण्ड कन्ट्रोल साइट समेत परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हालै मात्र अमेरिकाले मध्यपूर्वमा सैन्य उपस्थिति बढाएको थियो ।
मध्यपूर्वमा अमेरिकी सेनाको अभियानलाई रेखदेख गर्ने यूएस सेन्ट्रल कमाण्डले हुथी अभियानलाई निस्तेज पार्न हवाई आक्रमण गरिएको बताएको छ । उता, इरान सहयोगी समूहले लाल सागर, बाब अल मन्देव र अदनको खाडीमा अमेरिकी नौ सेना र व्यापारिक जहाजमा आक्रमण गरेको बताइँदै छ ।
यो हप्ता हुथी र इजरायली सेनाबीचको भिडन्त बढेका बेला अमेरिकी सेनाले समेत आक्रणम सुरु गरेको हो । इजरायलले बिहीबार मात्रै यनमको सना नजिक विजुली स्टेशनसहित कयौँ क्षेत्रमा बमबारी गरेको थियो । जसमा कम्तिमा पनि ९ जना मारिएका थिए । हुथीले तेलअभिभमा गरेको आक्रणको जवाफमा सनातर्फ हवाई हमला बढेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण