सर्वसाधारणका लागि खुल्यो चुरियामाई सुरुङमार्ग (तस्बिरहरु)
हेटौँडा । मकवानपुर र बारा जिल्लाको सिमानामा रहेको दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङ जीर्णोद्धारपछि सर्वसाधारणका लागि खुल्ला गरिएको छ । हेटौँडा–१५ स्थित चुरियामाई मन्दिरसँगै रहेको सुरुङ मार्ग सोमबारबाट खुला गरिएको हो ।
_Sz9ZjRiBHL.jpg)
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सुरुङ मार्गको उद्घाटन गर्दै सञ्चालनको लागि हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेका हुन् । प्रदेश सरकारले २०७८ वैशाख १९ मा माउन्टेनइन्फ्रा कम्पनी लिमिटेड, काठमाडौँ स्युचाटारसँग सुरुङ मार्ग पुनर्निमाणको सम्झौता गरी काम सुरु गरेको थियो ।
प्रदेश सरकारले ३ करोड ६५ लाख रुपैयाँ खर्चिएर सुरुङ मार्गको जीर्णोद्धार गरेको हो । सुरुङ मार्ग २२५ मिटर लामो सुरुङको चौडाइ २.५ मिटर छ भने उचाइ ३ मिटर रहेको छ । २०८० असोज २२ मा सम्पन्न आयोजनाको निर्माण सम्पन्न भएको युक्त सुरुङ मार्ग एक वर्ष सञ्चालनमा ल्याइएको हो । सुरुङ मार्ग सञ्चालनको मोडालिटी र कार्यविधि तयार नभएकाले एक वर्षदेखि बन्द गरेर राखिएको थियो ।
_xosRK0uFF2.jpg)
उपमहानगरपालिकाले तयार गरेको कार्यविधि अनुसार सुरुङ मागर्र अवलोकन गर्न नेपालीका लागि प्रतिव्यक्ति ५० रुपैयाँ शुल्क तोकिएको छ भने विदेशीलाई १२० रुपैयाँ र विद्यार्थीलाई २० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । ५ वर्षमुनिका बालबालिका, अपाङ्ग र ज्येष्ठ नागरिकलाई निःशुल्क गरिएको उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले जानकारी दिए ।
तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा सन् १९१७ मा उक्त सुरुङ निर्माण गरिएको थियो। नेपालका प्रथम ग्राजुएट इन्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा निर्माण भएको ’चुरियामाई सुरुङ’ बीच भागमा भासिएको थियो ।
_8upBn9ybBp.jpg)
_R1MGK2Anl3.jpg)
_aAccZufrrF.jpg)
_LmtClK0r8c.jpg)
_4ZHwfquS8U.jpg)
_xTSmxbkqFm.jpg)
_QkppCP2K6J.jpg)
_73izYa7KrB.jpg)
_UC9g0fvt9t.jpg)
_lTfl1I9LWg.jpg)
_lhNTyolUDj.jpg)
_lykcGCzhHA.jpg)
_HihDoBNQdH.jpg)
_mgzxMXq2Pc.jpg)
_26tEyxvWAz.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
-
लिमी चौकीमा फर्किए सुरक्षाकर्मी
-
जेनजी आन्दोलनबारे मानव अधिकार आयोग: गोली संसद् भवनभित्रबाटै चल्यो, कसले चलायो थाहा छैन
-
औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
अहिलेकाे बजेट कुनै क्षेत्रमा फोकस छैन : वर्षमान पुन
-
द भ्वाइस अफ हिन्द रजाब : युद्धभूमिमा फुलेको एउटा फूल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण