असदका मान्छेले थापेको एम्बुसमा १४ जना सुरक्षाकर्मी मारेको सिरियाको दाबी
दमस्कस । आन्तरिक मन्त्रालयका १४ जना सुरक्षाकर्मी मारिएका सिरियामा विद्रोहीहरूको नेतृत्वमा रहेको सरकारका अधिकारीहरूले बताएका छन् ।
अपदस्थ राष्ट्रपति बशर अल–असदका समर्थकहरूसम्बद्ध समूहले थापेको एम्बुसमा परेर सो सङ्ख्यामा आफ्नो सुरक्षाकर्मी मारिएका र अरू १० जना घाइते भएको बताइएको छ । दुई पक्षबिच मंगलबार मेडिटेरियनमा रहेका टार्टस बन्दरगाह नजिक लडाई भएको थियो ।
राजधानी दमस्कसनजिक रहेको एक सैन्य जेलसँग सम्बद्ध रहेका एक पूर्व अधिकारीलाई समात्ने कोसिसमा सुरक्षाकर्मीहरू एम्बुसमा परेको खबरहरू आएका छन् । दुई हप्ता अघि मात्रै सिरियामा इस्लामिक समूह हयात तहरिर अल–शाम (एचटीएस) नेतृत्वको विद्रोहीहरूको समूहले असदको सरकार ढालेका थिए ।
यस झडवमा अरू तीन जना सेना पनि मानिएको बताइएको छ । सिरियाली अधिकारीहरूले होम्स सहरमा राति कफ्र्यू लगाएका थिए । मन्दिरमा आक्रमण गरिएको भिडियो सार्वजनिक भएपछि उक्त सहरमा अशान्ति फैलिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण