असदका मान्छेले थापेको एम्बुसमा १४ जना सुरक्षाकर्मी मारेको सिरियाको दाबी

दमस्कस । आन्तरिक मन्त्रालयका १४ जना सुरक्षाकर्मी मारिएका सिरियामा विद्रोहीहरूको नेतृत्वमा रहेको सरकारका अधिकारीहरूले बताएका छन् ।
अपदस्थ राष्ट्रपति बशर अल–असदका समर्थकहरूसम्बद्ध समूहले थापेको एम्बुसमा परेर सो सङ्ख्यामा आफ्नो सुरक्षाकर्मी मारिएका र अरू १० जना घाइते भएको बताइएको छ । दुई पक्षबिच मंगलबार मेडिटेरियनमा रहेका टार्टस बन्दरगाह नजिक लडाई भएको थियो ।
राजधानी दमस्कसनजिक रहेको एक सैन्य जेलसँग सम्बद्ध रहेका एक पूर्व अधिकारीलाई समात्ने कोसिसमा सुरक्षाकर्मीहरू एम्बुसमा परेको खबरहरू आएका छन् । दुई हप्ता अघि मात्रै सिरियामा इस्लामिक समूह हयात तहरिर अल–शाम (एचटीएस) नेतृत्वको विद्रोहीहरूको समूहले असदको सरकार ढालेका थिए ।
यस झडवमा अरू तीन जना सेना पनि मानिएको बताइएको छ । सिरियाली अधिकारीहरूले होम्स सहरमा राति कफ्र्यू लगाएका थिए । मन्दिरमा आक्रमण गरिएको भिडियो सार्वजनिक भएपछि उक्त सहरमा अशान्ति फैलिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गोल्डस्टार’ लाई दुई लाख पाँच हजार जरिवाना
-
दुगड बदर्श एण्ड सन्सलाई विभागले तिरायो तीन लाख जरिवाना, अन्य तीन फर्मलाई कति ?
-
आवासीय चिकित्सकका विषयमा शिक्षा मन्त्रालयले सच्यायो विज्ञप्ति
-
स्टार्टअप कर्जाका लागि ६६१ परियोजना छानिए, कसरी पाइन्छ ऋण ?
-
राजस्व अनुसन्धान विभागद्वारा ध्रुव कन्स्ट्रक्सनका सञ्चालक विरूद्ध १ अर्ब २० करोडको मुद्दा दायर
-
रारा राष्ट्रिय निकुञ्जमा एनटिएनसीको फिल्ड कार्यालय उद्घाटन