इजरायली आक्रमणमा मारिए पाँच पत्रकार
गाजा । इजरायलले गाजापट्टीमा गरेको आक्रमणमा पाँच जना पत्रकारहरूको मृत्यु भएको छ । एउटा प्यालेष्टिनी टिभी च्यानलले आक्रमणमा आफ्ना पाँच पत्रकार मारिएको बताएको छ ।
आक्रमणको समयमा पत्रकारहरू मध्य नुसिरतको शरणार्थी क्याम्प क्षेत्रमा रहेको अल अव्दा अस्पताल बाहिर पार्क गरिएको कुद्स टुडेको भ्यानमा थिए ।
यिनै पाँच मध्ये एक पत्रकारको गर्भवती पत्नीलाई डेलिभरीका लागि उक्त अस्पतालमा लगिएको थियो । च्यानलले पछाडिको ढोकामा प्रेस लेखिएको सवारी साधन जलिरहेको भिडियो पोस्ट गरेको छ ।
आफूहरूले लक्षित ठाउँमा गुप्तचर जानकारीका आधारमा आक्रमण गरेको र सो सवारी साधनमा सशस्त्र समूह प्यालेष्टिनी इस्लामिक जिहाद (पीआईजे)का सदस्यहरू रहेको इजरायली हवाई बलले भनेको छ ।
सर्वसाधारणको मृत्युलाई कम गर्न आफूहरूले उपायहरू अपनाएको पनि सेनाले बताएको छ । कुद्स टुडे पीआईजे समूह सम्बन्ध सञ्चार माध्यम हो । बुधबार गाजा सहरमा इजरायलले गरेको आक्रमणमा अरू पाँच जनाको मृत्यु भएको बताइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको ऐतिहासिक भंकासे : जहाँबाट देखिन्छन् ३५ गाविसको भूगोल
-
प्रेसिडेन्सियल इन्नोभिस्टा २.० सम्पन्न : एआईदेखि रोबोटिक्ससम्मका परियोजना प्रदर्शन
-
कर्णालीका मन्त्रीको मनपरी : भौतिकले नमानेपछि निर्वाचन क्षेत्रमा आफ्नै मन्त्रालयबाट ५ करोडको योजना
-
बेन स्टोक्सको आश्चर्यजनक संन्यास
-
थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक
-
रास्वपाको प्राक्टिस त्यही एमालेजस्तै त भयो, कांग्रेसको जत्ति पनि भएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण