आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
शुक्रबार, १२ पुस २०८१, ०८ : ५१
काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार मध्यान्ह सवा १२ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ ।
बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपर संशोधन प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरूसँग छलफल हुनेछ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण