बायाँ खुट्टा भाँचिएको थियो, डाक्टरले दायाँ खुट्टाको गरे अप्रेसन
नयाँ दिल्ली । भारतमा चिकित्सकको लापर्बाहीको एउटा घटना प्रकाशमा आएको छ । उत्तर प्रदेश राज्यको सुल्तानपुरस्थित एउटा अस्पतालमा बिहीबार भुइँलादेवी नाम गरेकी महिला बायाँ खुट्टा भाँचिएपछि उपचारका लागि पुगेकी थिइन् ।
चिकित्सकले आवश्यक परीक्षणपछि अप्रेसनको तयारी गरे । अप्रेसनपछि महिलालाई बाहिर ल्याउँदा परिवारजन भने आश्चर्यचकित भए । किनकि बायाँ खुट्टा भाँचिएर अस्पताल ल्याइएकी भुइँलादेवीको दायाँ खुट्टाको अप्रेसन गरिएको थियो ।
भुइँलादेवीका छोरा सुरेश प्रजापतिका अनुसार बायाँ खुट्टा भाँचिएको थियो तर डाक्टरले दायाँ खुट्टाको अप्रेसन गरिदिएका थिए । परिवारजनले यसबारे सोधपुछ गर्न थालेपछि भुइँलादेवीलाई फेरि अप्रेसनका लागि लगिएको र बायाँ खुट्टाको अप्रेसन गरिएको बताइएको छ ।
अप्रेसन गर्ने चिकित्सक पीके पाण्डेय सम्पर्कविहीन रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अस्पताल प्रशासनले भने चिकित्सकको लापर्बाही नभएको तर्क गरेको छ ।
अस्पताल सञ्चालक डा. आशुतोष श्रीवास्तवका अनुसार बिरामीको बायाँ खुट्टाको हड्डी भाँचिएको थियो, जसको अप्रेसन गरिएको छ । दायाँ खुट्टामा रगत जमेका कारण त्यसलाई निकालिएको भन्दै उनले गलत उपचार भएको आरोपको खण्डन गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण