२१ अंकले घट्यो नेप्से
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) २१ अंकले घटेको छ । २६३२ बिन्दुबाट सुरु भएको बजार आजको उच्च अंक २६४२ बिन्दुसम्म उक्लिएको थियो । त्यसपछि ओरालो लागेको बजार २६०९.५८ बिन्दुमा आएर रोकिएको हो ।
आज ३१६ कम्पनीको १ करोड १० लाख ९९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । जसमा कुल ५ अर्ब ४७ करोड ४८ लाख मूल्यको कारोबार भयो ।
आइतबार ६९ कम्पनीको मूल्य बढेको छ । जसमा माहुली लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । बाँकी कम्पनीको मूल्य सामान्य रूपमा बढेको छ ।
आइतबार १७२ कम्पनीको मूल्य घट्यो । जसमध्ये सपोर्ट माइक्रोफाइनान्स, नारायणी विकास बैंक, सप्तकोशी विकास बैंक, जानकी फाइनान्स लिमिटेड र सिन्धु विकास बैंकको मूल्यमा नकारात्मक सर्किट लाग्यो ।
आज सबैभन्दा धेरै फाइनान्स उपसमूहका कम्पनीको मूल्य घटेको छ । समग्रमा यो उपसमूहको सूचक ४.४७ प्रतिशतले ओरालो लाग्यो । विकास बैंक उपसमूहको सूचक २.६५ प्रतिशतले झरेको छ । लघुवित्त उपसमूहको सूचक भने १.१२ प्रतिशतले बढ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण