जमानतमा रिहा भएकोमा उत्सव मनाएका हतियार कारोबारी फेरि जेलमा, छोरा पनि पक्राउ
आइतबार, १४ पुस २०८१, १५ : २१
नयाँ दिल्ली । भारतमा एक हतियार कारोबारीले जमानतमा रिहा भएपछि घरमा उत्सव मनाए । तर यो पटक उनी आफूमात्र होइन, छोरासहित जेलमा पुगे ।
भारतको उत्तर प्रदेश राज्यको बुलन्दशहर जनपदको खुर्जा निवासी रिजवान अन्सारी जेलमा थिए । उनी भारतकै विभिन्न राज्यमा हतियार कारोबारमा संलग्न रहँदै आएको आरोप छ ।
थुनामा रहेका अन्सारी हालै जमानतमा रिहा भएका थिए । रिहाइको खुसीयालीमा उनले घरमा उत्सव मनाए । यस क्रममा आतिशवाजी, डीजे बजाइनुका साथै हर्षबढाइँका लागि फायरिङसमेत भयो ।
उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो । सोही आधारमा प्रहरीले अन्सारी र उनका छोरालाई पक्राउ गरेको छ ।
आरोपितका साथबाट प्रहरीले ९ वटा साना अवैध हतियारसमेत बरामद गरेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार साँझ अन्सारी जेलबाट रिहा भएका थिए । शुक्रबार नै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण