सिरियामा कहिले बन्छ संविधान ? कहिले हुन्छ चुनाव ?
सोमबार, १५ पुस २०८१, ०७ : ३६
दमास्कस । सिरियामा बसर अल-अशदलाई सत्ताबाट हटाएपछि देशको भविष्यको बारेमा अनुमानहरू बीच, हयात तहरीर अल-शाम (एचटीएस) प्रमुख अहमद अल-शराले नयाँ संविधान बनाउने र चुनाव गराउने कुरा गरेका छन्।
अल-शरालाई अबु मोहम्मद अल-जुलानी पनि भनिन्छ। ‘सिरियाली जनतालाई कुनै ठूलो परिवर्तन देख्न एक वर्ष लाग्न सक्छ,’ उनले अल-अरेबिया टिभीलाई भने, ‘देशमा नयाँ संविधान बनाउन तीन वर्ष र निर्वाचन गर्न चार वर्ष लाग्न सक्छ ।’
अहमद अल-शाराले हालै बीबीसीलाई आफ्नो देश ‘युद्धबाट थाकेको’ बताए। सिरिया अब कुनै पनि छिमेकी वा पश्चिमी देशहरूको लागि खतरा नभएको उनले स्पष्ट पराे ।
अल-शरा यसअघि इस्लामिक चरमपन्थी संगठन अल-कायदा र इस्लामिक स्टेट (आईएस) सँग सम्बन्धित थिए । अमेरिकाले उनीमाथि १० मिलियन अमेरिकी डलरको इनाम समेत राखेको थियो, यद्यपि यो निर्णय हालै फिर्ता लिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण