नेपाल टेलिकमबाट भारतमा फोन गर्दा प्रतिमिनेट ३ रुपैयाँ ७६ पैसा लाग्ने
मङ्गलबार, १६ पुस २०८१, १५ : ४९

काठमाडौँ । नेपाल टेलिकमले आफ्नो नेटवर्क प्रयोग गरेर भारतमा फोन गर्दा प्रतिमिनेट ३ रुपैयाँ ७६ पैसा (करबाहेक) लाग्ने जनाएको छ ।
विगत देखि नै भारतमा सस्तो दरमा कल गर्नका लागि लागु गरिएको विभिन्न विकल्पहरु मध्ये एक्सेस कोड १४२४ को प्रयोग गरेर हुने वाह्यगमन कलको नयाँ महसुल दर निर्धारण गरिएको टेलिकमले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
जसअनुसार पुस १५ गते राति १२ बजेदेखि एक्सेस कोड १४२४ को महसुल दर कर बाहेक प्रति मिनेट रु। ३.७६ कायम गरिएको प्रवक्ता हरि ढकालले जानकारी दिए ।
यसका साथै एक्सेस कोड १४२४, १४२५ र १४४५ को प्रयोग गरेर भारतमा हुने वाह्यगमन कलको पल्स दर ६० सेकेण्ड निर्धारण गरिएको पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय प्रमुख र इरानी विदेशमन्त्रीबिच छलफल
-
अतृप्ति
-
बुद्ध एयरका कार्यकारी अध्यक्ष बस्नेतको ‘बाई द बुक’ विमोचन
-
यस्तो छ आइतबार बस्ने राष्ट्रियसभा बैठकको कार्यसूची
-
पाकिस्तानी प्रधानमन्त्रीद्वारा कश्मीर घटनाको विश्वसनीय र तटस्थ अन्तर्राष्ट्रिय अनुसन्धानको लागि आह्वान
-
वामदेव गौतमसँगको भेटपछि सूर्य थापा भन्छन्– प्युठानको विकासका लागि समझदारी थालेका छौँ