धराप फुटपाथमा जोखिमपूर्ण यात्रा (तस्बिरहरू)
काठमाडौँ । काठमाडौँ उपत्यकामा बसोबास गर्ने करिब ६० लाख मानिसमध्ये २० लाख जतिले सवारीसाधनमा यात्रा गर्छन् । करिब ४० लाख मानिस पैदल यात्रा गर्ने गर्छन् । तर अतिक्रमणका कारण काठमाडौँ उपत्यकाको फुटपाथ यात्रा निकै असुरक्षित छ ।
दृष्टि भएकाहरूलाई समेत असहज यहाँको फुटपाथ दृष्टिविहीनका लागि त युद्ध जितेभन्दा कठिन छ । फुटपाथमा हिँड्न पाइला पाइलामा अवरोध छन् । अपूरो निर्माण र खाल्डाखुल्डीले कति बेला दुर्घटनामा परिन्छ भन्ने ठेगान छैन ।
नेपाल विद्युत् प्राधिकरणले अहिले काठमाडौँमा विद्युतीय तार भूमिगत गर्ने काम गरिरहेको छ । प्राधिकरणले फुटपाथ नै कब्जा गरेर आफ्ना उपकरण तथा निर्माण सामग्री राखेको देखिन्छ । कतिपय ठाउँमा ढुंगा बिछ्याउन फुटपाथ भत्काइएको छ ।
हतारमा भत्काउने तर बनाउन समय लगाउने भएकाले राजधानीवासी धराप फुटपाथमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । कतिपय ठाउँमा फुटपाथमै सवारीसाधन पार्किङ गरिँदा पनि पैदल यात्रुलाई हिँड्न समस्या भएको छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण