यस्तो छ आइतबार बस्ने राष्ट्रियसभा बैठकको कार्यसूची
काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभा बैठक आइतबार बस्ने भएको छ । अपराह्न १२:१५ बजेका लागि बोलाइएको बैठकको सम्भावित कार्यसूची तय गरिएको छ ।
संसद् सचिवालयले दिएको जानकारी अनुसार बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले 'दलित समुदायको अधिकार तथा विकास सम्बन्धमा कानुनी व्यवस्थाको आवश्यकता सम्बन्धी प्रतिवेदन, २०८१ माथि छलफल गरियोस्' भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछिन् ।
त्यस्तै राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले 'केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८०' र 'भन्सार विधेयक, २०८०'का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशहरू सभा समक्ष टेबुल गर्नेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त 'संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९ माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण