राष्ट्रसङ्घीय प्रमुख र इरानी विदेशमन्त्रीबिच छलफल
एजेन्सी । इरानका विदेश मामिला मन्त्री सैयद अब्बास अराघची र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ओमानले मध्यस्थतामा भएको तेहरान र वासिङ्टन वार्ताको पछिल्लो प्रगतिबारे छलफल गरेका छन् ।
इरानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार दुवै पक्षले पछिल्लो क्षेत्रीय र अन्तर्राष्ट्रिय घटनाक्रमबारे पनि छलफल गरेका छन् । अराघचीले आफ्नो शान्तिपूर्ण आणविक कार्यक्रमसँग सम्बन्धित समस्या समाधान गर्न कूटनीतिको बाटो रोज्ने इरानको ‘जिम्मेवार’ दृष्टिकोणलाई प्रकाश पारेका छन् ।
उनले आणविक हतियारसम्बन्धी सन्धिको सदस्यको रूपमा, इरानले शान्तिपूर्ण उद्देश्यका लागि आणविक ऊर्जा प्रयोग गर्ने आफ्नो अधिकारमा जोड दिँदै युरेनियमको संवर्धनका लागि अन्तर्राष्ट्रिय दायित्वप्रति प्रतिबद्ध रहेको बताएका छन् ।
अधिकारीहरूको ‘विरोधाभासी’ व्यवहार र टिप्पणी, इरानी राष्ट्र विरुद्ध प्रतिबन्ध र धम्कीहरूको निरन्तरता, कूटनीतिक मार्गमा अगाडि बढ्न वाशिङ्गटनको गम्भीरताबारे अविश्वास र शङ्का बढेको छ।
संयुक्त राष्ट्रसङ्घका प्रमुखले इरानका विदेशमन्त्रीले अमेरिकासँगको वार्तासँग सम्बन्धित घटनाक्रमबारे व्याख्या गरेकोमा प्रशंसा गर्दै कूटनीतिक प्रक्रिया जारी राख्ने बताएका छन् । इरान र संयुक्त राज्य अमेरिकाले अप्रिल १२ र २६ मा ओमानको मस्कटमा पहिलो र तेस्रो चरणको अप्रत्यक्ष वार्ता र अप्रिल १९ मा इटालीको रोममा दोस्रो चरणको वार्ता गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण