प्राधिकरणमा क्यास पैसा छैन, सरकारसँग १० अर्ब रुपैयाँ ऋण लिने तयारीमा छौं : कार्यकारी निर्देशक शाक्य
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणसँग खर्च गर्ने रकम नभएको बताएका छन् । शुक्रवार प्राधिकरणको श्वेतपत्र जारी गर्दै शाक्यले यस्तो बताएका हुन् । उनले प्राधिकरणसँग क्यास रकम नहुँदा आयोजना भुक्तानी दिन नसकिएको बताए ।
उनले चालु आर्थिक वर्षको फाल्गुन मसान्तसम्म भएको ठेक्का पट्टा अन्तर्गत भुक्तानी हुन बाँकी बिलहरुको परिमाण ११ अर्ब ६१ करोड रहेको बताए ।
उनले प्राधिकरणले जुन भुक्तानी दिन अहिलेसम्म नसकिएको बताए । उनले हालसम्म प्राधिकरणको केन्द्रीय कोषमा मौज्दात रहेको करिब १० अर्ब १० करोड रकम मध्ये डलर,मुद्दती खातामा ३ अर्ब ६८ करोड र धरौटी खातामा ३ अर्ब ९५ करोड रहेको बताए ।
उनले २ अर्ब ४७ करोड कल/चालु खातामा रहेको भन्दै उनले दैनिक सञ्चालनको लागि न्यूनतम जगेडा रहेको बताए ।
उनले यसरी निर्माण कार्यको बाँकी भुक्तानीको लागि जगेडा नरहेकाले १० अर्ब सम्म अल्पकालिन ऋण लिने प्रक्रिया अगाडि बढाएका बताए ।
उनले आर्थिक वर्ष २०८०/०८१ सम्मको कर्मचारीतर्फको अल्पकालीन तथा दीर्घकलिन दायित्व वापत ४७ अर्ब २४ करोड र धरौटी बापत २४ अर्ब ११ करोड दायित्व रहेको बताए ।
उनले नेपाल सरकारलाई भुक्तानी गर्नुपर्ने ऋणको व्याज २९.५ अर्ब र टनकपुर विद्युत वापत ३ अर्ब गरी कुल ३२.५ अर्ब दायित्व बाँकी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण