वामदेव गौतमसँगको भेटपछि सूर्य थापा भन्छन्– प्युठानको विकासका लागि समझदारी थालेका छौँ
काठमाडौँ । नेकपा एमालेका नेता सूर्य थापाले कम्युनिस्ट नेता तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमसँग भेटवार्ता गरेका छन् । भैंसेपाटीस्थित गौतमको निवासमा आज बिहान भेट गरी महत्त्वपूर्ण कुराकानी गरेको थापाले सामाजिक सञ्जालमा उल्लेख रेका छन् ।
उनले उक्त भेट गृहजिल्ला प्युठानको विकास निर्माणमा केन्द्रित रहेको पनि बताएका छन् । उनी भन्छन्– 'मूलतः प्युठानमा उहाँको समयमा थालनीको प्रक्रियामा रहेका केही कामहरूप्रतिको लगाव र जोड जिउँदो–जाग्दो नै रहेको छ। हामीले प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको हैसियतमा दुवैले आआफ्नो निर्वाचन क्षेत्र र जन्मथलोका लागि मिलेर केही गर्न लागिपर्ने समझदारी थालेका छौँ।'
गौतम शुक्रबार संयुक्त सदनको बैठकमा नेकपा एकीकृत समाजवादीको लाइनमा बसेका थिए । त्यसको भोलिपल्ट एमाले प्रवेश गर्ने की एकीकृत समाजवादी भन्नेमा दोधारमै रहेका नेता गौतमसँग सूर्य थापाकाे भेटलाई अर्थपूर्ण मानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण