आइतबार, २१ वैशाख २०८२
ताजा लोकप्रिय

आर्थिक विकासका निम्ति युवावर्ग सचेत हुन आवश्यक छ : नेता कोइराला

शनिबार, २० वैशाख २०८२, १२ : ०६
शनिबार, २० वैशाख २०८२

नवलपरासी । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले तरुणहरुको काँधमा देशको जिम्मेवारी रहेको बताएका छन् । 

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा आज आयोजित नेपाल तरुण दलको पूर्णकालीन सदस्यता वितरण कार्यक्रममा उनले भविष्यमा देशको नेतृत्व युवाले गर्ने भएकाले राष्ट्रलाई केन्द्रमा राखेर काम गर्न उनीहरुलाई आह्वान गरे। 

राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरण तथा देशको आर्थिक विकासका निम्ति युवावर्गले सचेत भएर काम गर्नुपर्ने उनको भनाइ थियो ।

यसैबीच, नेता कोइरालाले शुक्रबार प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम अक्षरसः कार्यान्वयमा जोड दिए । 

चितवनामा  पत्रकारहरुसँग कुरा गर्दै उनले नीति तथा कार्यक्रममा समावेश भएका कार्यक्रम उपयोगी रहेका र तिनको अक्षरसः कार्यक्रम अपरिहार्य रहेको जिकिर गरे । नीति तथा कार्यक्रम कार्यान्वयन पक्ष फितलो हुन नहुनेमा उनको जोड थियो । 

फरक प्रसङ्गमा उनले पार्टीको १५औँ महाधिवेशन तोकिएको समयभित्रै गर्नुपर्ने बताए । महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउने बताउँदै उनले महाधिवेशनबाट पार्टी अझ सशक्त बन्ने विश्वास व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप