१० बजे १० समाचार : थुनछेक बहसमा रुवाबासी, पश्चिम नेपालमा भूकम्पको जोखिम
आज २०८१ पुस १६ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- भ्रष्टाचार मुद्दा
बिहीबार (पुस ११) सर्वोच्च अदालतले एउटा भ्रष्टाचार मुद्दामा फैसला सुनायो । न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुङ्गानाको पूर्ण इजलासले भन्सारका एक पूर्वकर्मचारी विरुद्धको भ्रष्टाचार मुद्दामा दोषी ठहर हुने फैसला सुनाएको हो ।
- हिउँदे अधिवेशन
संघीय संसद्को हिउँदे अधिवेशन पुसको अन्त्यतिर आह्वान गर्ने तयारी भएको छ । सरकारले पुस २५ पश्चात् अधिवेशन बोलाउने तयारी गरेको हो ।
- केन्द्रीय समिति बैठक
सभापति रवि लामिछानेको मुद्दाका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘राजनीतिक तनाव’ खेपिरहेको छ । कास्की जिल्ला अदालतमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधमा मुद्दा दर्ता भएसँगै रास्वपामा सङ्कट उत्पन्न भएको हो ।
- सभापति हत्याउन वार्मअप
विधानतः जाने हो भने अझै एक वर्ष कुर्नुपर्छ कांग्रेसको १५औँ महाधिवेशन । तर, यसअघिको परिदृश्य हेर्दा निर्धारित समयमा हुन्छ भन्ने कुनै टुंगो छैन । सभापतिका आकांक्षी नेताहरूलाई भने महाधिवेशनको रन्कोले छोइसकेको छ ।
- डिसीका १०० दिन
फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मी दिनेश डिसी (दिनेशराज दाहाल) चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएको एक सय दिन पुगेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको बोर्डको अध्यक्षमा उनी गत भदौ १३ गते नियुक्त भएका थिए । सो दिन बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई दुई वर्षका लागि नियुक्त गरेको थियो ।
- सडक उपभोग दस्तुर
सरकारले सडक उपभोग दस्तुर संकलन कार्य पुनः सञ्चालनमा ल्याउने भएको छ । त्यससम्बन्धी नियमावली कार्यान्वयनमा ल्याउने तयारी भइरहेको सडक बोर्डका कार्यकारी निर्देशक गणेशबहादुर केसी बताउँछन् ।
- एमाले बैठक
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गते बस्दैछ । यो बैठकलाई एमाले वृत्तले निकै चासोका साथ हेरेको छ । पुस १० गते बसेको केन्द्रीय सचिवालय बैठकले २१ र २२ गते बस्नेगरी केन्द्रीय समिति बैठक तय गरेको थियो ।
- २०२४ लाई फर्केर हेर्दा
फेरि अर्को नयाँ वर्ष हाम्रो सङ्घारमा उभिएको छ । बिदा हुनै लागेको २०२४ नाटकीय रह्यो । कतिपयका लागि त यो मुटु नै कमाउन पनि भइदियो । पश्चिम एसिया (मध्य पूर्व)मा झनै द्वन्द्व भड्कियो । युक्रेनको युद्ध साम्य होला भन्ने कामना सारा विश्वले गरिरहँदा यो झनै विकराल बनेर गयो ।
- थुनछेक बहस
ठ्याक्कै संख्या छैन । प्रतिवादीका तर्फबाट २० भन्दा बढी वकिलले वकालतनामा दर्ता गरेका छन् । सरकारी वकिल र पीडित पक्षका वकिल १६ जना छन् । पोखराको सूर्यदर्शन सहकारी ठगीसहित सम्पत्ति शुद्धीकरण, संगठित अपराध र राष्ट्र बैंक ऐन कसुरमा दर्ता भएको मुद्दामा जिल्ला अदालत कास्कीमा थुनछेक बहस सुरु भएको छ । ७ जना प्रतिवादीसँग बयान सकेर मंगलबारदेखि थुनछेक बहस सुरु गरिएको हो ।
- पश्चिम नेपालमा लगातार भूकम्प
पश्चिम नेपालमा पटक–पटक भूकम्प जानु सामान्य रहेको विज्ञहरूले बताएका छन् । तर यसबाट जोगिनका लागि ‘आफू र आफ्नो परिवार जोगाउन सक्छु ’ भन्ने सोचले सतर्कता अपनाउनु पर्ने सुझाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिसा विवादका बिच इरानी टोलीका ४ सदस्यको पुनरावेदन स्वीकृत, ११ सदस्य भने अमेरिका छिर्न नपाउने
-
प्रत्यक्ष निर्वाचनमा महिला र दलितका लागि छुट्टै निर्वाचन क्षेत्र तोक्न राष्ट्रिय जनमोर्चाको माग (अवधारणापत्रसहित)
-
संन्यास फिर्ता लिँदै विश्वकपमा फर्किएका नोयर इतिहास रच्ने दाउमा
-
पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-
रास्वपाका वडा सभापतिको चन्दा पत्र भाइरल, प्राविधिक गल्ती भएको दाबी
-
सुनको मूल्य प्रतितोला २ लाख ९३ हजार नाघ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण