जेजु एयरको ब्ल्याक बक्सबाट झिकियो डेटा
सोल । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको जेजु एयरको विमानको एउटा ब्ल्याक बक्सको डेटा निकाल्ने काम पूरा भएको छ । अनुसन्धानकर्ताहरूले सो ब्ल्याक बक्सबाट सबै डेटा निकालिसकेको दक्षिण कोरियाको यातायात मन्त्रालयले भनेको छ ।
ककपिटको भ्वाइस रेकर्डरको डेटालाई अब अडियो फाइलमा परिणत गरिने बताइएको छ । दोस्रो ब्ल्याक बक्स अर्थात् फ्लाइट डेटा रेकर्डरको डेटा निकाल्न भने अलिक धेरै समय लाग्ने अधिकारीहरूले भनेका छन् ।
फ्लाइट र भ्वाईस रेकर्डरका डेटाले दुर्घटनालाई स्पष्टसँग बुझ्न सघाउने आशा अनुसन्धाताहरूले गरेका छन् । दक्षिण कोरियामा धावनमार्गबाट विमान चिप्लिएर अगाडिको पक्की पर्खालमा ठोक्किँदा विमानमा सवार १७९ जनाको ज्यान गएको थियो ।
यस घटनामा दुई जना क्रु मेम्बर मात्रै बाँच्न सफल भएका थिए । यो दक्षिण कोरियामा भएको अहिलेसम्मकै सबैभन्दा भयानक विमान दुर्घटना हो । अनुसन्धाताहरूले अहिले फ्लाइट डेटा रेकर्डरको डेटा डिकोड गर्ने उत्तम तरिकाबारे छलफल गरिरहेको बताइएको छ । अहिलेसम्म चरासँग विमान ठोक्किएर दुर्घटना भएको ठानिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण