मधेस प्रदेश सभाको अधिवेशन आह्वान गर्न सिफारिस
धनुषा । मधेस प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सभाको चौथो अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ । यही पुस २३ गतेका लागि अधिवेशन आह्वान गर्न बैठकले प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा(१) बमोजिम प्रदेशसभाको प्रथम अधिवेशन यही पुस २३ गते मङ्गलबार अपराह्न १ बजेका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए ।
जनता समाजवादी पार्टी नेपाललगायत प्रमुख प्रतिपक्षी दलले प्रदेशसभाको बैठक नबोलाएर सरकारले संसद्लाई बन्धक बनाएको आरोप लगाइरहेका बेला सरकारले बैठक बोलाउन सिफारिस गर्ने निर्णय गरिएको हो । सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको बैठक नयाँ अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनमा ३६, दोस्रो अधिवेशनमा १४ र तेस्रो अधिवेशनमा ३४ वटा बैठक बसेको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए । कृषिसम्बन्धी विधेयक, बीउबीजनसम्बन्धी विधेयक, पर्यटन विधेयक र बालबालिकासम्बन्धी व्यवस्था गर्न बनेको ऐनको संशोधनसहितका बिजनेस प्रदेश सभामा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमनः स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
इन्जुरी समयमा कतारको नाटकीय पुनरागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण