विमान दुर्घटना मामिलामा मुआन विमानस्थल र जेजु एयरको कार्यालयमा छापा
बिहीबार, १८ पुस २०८१, १० : ३५
सोल । हालै मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको विमान दुर्घटनाको सम्बन्धमा दक्षिण कोरियाली प्रहरीहरूले विमानस्थल र कम्पनीको कार्यालय समेत अन्य कयौँ स्थानमा छापा मारेका छन् ।
आइतबार बैंककबाट आएको जेजु एयरको यात्रुवाहक विमान अवतरणको समयमा भयानक दुर्घटनामा परेको थियो । यस घटनामा विमानमा रहेका १८१ जनामध्ये १७९ जनाको मृत्यु भएको थियो ।
जियोननाम प्रान्तीय प्रहरीले छापा मारेको हो । यस क्रममा विमानस्थल, जेजु एयरको सोल र मुआनमा रहेको कार्यालय अनि बुसन क्षेत्रीय उड्डयन कार्यालयमा छापा मारेर सामान जफत गरिएको बताइएको छ ।
यस घटनामा पेसागत लापरबाहीका कारण मृत्यु भएको भन्दै सर्च वारेन्ट जारी भएको अधिकारीहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण