तरुणदल लमजुङका अध्यक्ष गुरुङ ७ महिनादेखि फरार
काठमाडौँ । कांग्रेसको भातृसंगठन नेपाल तरुणदल लमजुङका अध्यक्ष ललित कुमार गुरुङ फरार छन् । उनीबिरुद्ध बैंकिङ कसुर मुद्दामा ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका हुन् ।
जिल्ला प्रहरी परिसर ललितपुरले उनीविरुद्धको अनुसन्धान पुरा गरेर अदालतमा मुद्दा दायर गरेको छ । २०८१ जेठबाट उनी फरार रहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी शेखर खनालले रातोपाटीलाई बताए । उनले भने, ‘पक्राउ पुर्जी आएपछि हामीले जिप्रका कास्की र लमजुङलाई पत्राचार गरेका थियौँ, उहाँ प्रहरीको फरार सूचिमा हुनुहुन्छ ।’
काठमाडौँस्थित सूचना प्रविधिसम्बन्धी कम्पनी जेनेस सोलुशनले उनीविरुद्ध ललितपुर प्रहरीमा जाहेरी दिएको थियो । सो कम्पनीलाई आफ्नो जग्गा ‘बिक्री गर्छु’ भनेर उनले दुई करोड रुपैयाँ बैना लिएर अर्कैलाई जग्गा बेचेर ठगी गरेको आरोप छ ।
जेनेस सलुशनले पोखरा महानगरपालिका–१२ मा रहेको १३ आना जग्गा खरिद गर्न गुरुङलाई बैना दिएको हो । तर, जग्गा अर्कैलाई बेचेपछि उनले कम्पनीलाई एक करोड ६५ लाखको चेक दिएका थिए । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको चेक जावलाखेल शाखाबाट बाउन्स भएको थियो । त्यसपछि कम्पनीका सञ्चालकले गुरुङविरुद्ध ललितपुर प्रहरीमा जाहेरी दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण