काठमाडौँमा ‘चाइना फिल्म डे’ आयोजना हुने
काठमाडौँ । काठमाडौँमा पहिलो पटक आयोजना हुने भएको छ । यही पुस २५ (जनवरी ९)मा ठमेलस्थित छाया सेन्टरमा आयोजना हुने कार्यक्रमको उद्देश्य नेपाल र चाइनाको सांस्कृतिक आदानप्रदान रहेको छ ।
चाइना फिल्म एडमिनिस्ट्रेशन, नेपाल स्थित चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीको आयोजना रहेको कार्यक्रमले दुवै देश बिच आगामी दिनमा चलचित्र निर्माण, प्रवर्द्धन र बजारी करणमा सहकार्य हुने लक्ष्य राखिएको छ ।
कार्यक्रममा तीन चर्चित चिनियाँ चलचित्र प्रदर्शन गरिनेछ । चलचित्र प्रदर्शनपछि ति चलचित्रका निर्माता,निर्देशक र कलाकारहरूले दर्शकहरूसँग अन्तर्क्रिया समेत गर्नेछन् ।
प्रर्दन हुने चलचित्रमा हरस्टोरी (निर्देशक: यीहुईसाओ), मिडसमर्स भ्वाइस (निर्देशक: युडीझाङ) र जीफर ग्याप (निर्देशक: फेईलङ) रहेका छन् ।
कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार, निर्देशक, प्राविधिकहरू र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहनेछ । यसका साथै नेपाल स्थित चिनियाँ दूतावास, नेपाल चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डका विशिष्ट पदाधिकारीहरूले समेत सहभागिता जनाउनेछन् ।
नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले कार्यक्रमले चलचित्र प्रदर्शन गर्ने मात्र नभएर दुई जीवन्त संस्कृतिलाई जोड्ने पुलको काम गर्ने बताए । उनले चिनियाँ चलचित्रहरूको सृजनशीलता र गहिराइबाट नेपाली चलचित्र कर्मीले धेरै सिक्न सक्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किन उत्तर कोरिया जाँदैछन् सी जिनपिङ ?
-
जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता
-
विश्वकपमा घरमै बसेर कमाउने नाममा ठगीको जोखिम, प्रहरीले गरायो सचेत
-
अब पुराना कुराकानी बिर्सिने छैन च्याटजीपीटी, मेमोरी फिचरमा नयाँ अपग्रेड
-
हामी विगतका गल्ती र अलमलबाट टाढा छौँ : परराष्ट्रमन्त्री खनाल
-
इन्स्टाग्रामद्वारा सशुल्क ग्राहकका लागि ‘इन्स्टाग्राम प्लस’ सार्वजनिक : अरूको स्टोरी गोप्य रूपमा हेर्न पाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण