बिचमै सरकार ढाल्ने र बन्ने खेल नहुने आशा जाग्यो : सिंह
शनिबार, २० पुस २०८१, १३ : ३५
महोत्तरी । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले अब बिचमै सरकार ढाल्ने र बन्ने खेल नहुने आशा जागेको बताएका छन् ।
शनिबार बर्दिवासमा पार्टी कार्यकर्तासँगको भेटमा उनले भने, ‘यो सरकार प्रतिनिधिसभाको अर्को निर्वाचनसम्म रहनेछ । वर्तमान सरकार बनेयता आमजनमानसमा अब बीचमा सरकार ढाल्ने र बन्ने खेल नहुने आशा जागेको छ ।’
उपप्रधानमन्त्री सिंहले स्थिर सरकारले नै मुलुकलाई विकास निर्माणको मार्गमा अग्रसर हुन योगदान गर्ने समेत बताए ।
अर्को प्रसंगमा उनले सबै पक्षको सहमतिमा संविधान संशोधन हुनुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण