७०० भन्दा बढी युवतीलाई ‘ब्ल्याकमेल’ गर्ने तुषार बिस्ट पक्राउ
नयाँ दिल्ली । डेटिङ एपमार्फत मित्रता गरी ७०० भन्दा बढी युवती तथा महिलालाई ‘ब्ल्याकमेल’ गरेको आरोपमा २३ वर्षीय तुषार बिस्ट पक्राउ परेका छन् ।
आरोपित बिस्ट यमुनापारको शकरपुर गाउँ निवासी रहेको बताइएको छ । उनले १८ देखि ३० वर्षका युवती तथा महिलासँग मित्रता गरी विश्वासमा लिने र नग्न फोटो हासिल गरी ‘ब्ल्याकमेल’ गर्दै आएको आरोप छ ।
बिस्टले आफू अमेरिकामा रहँदै आएको बताउने गरेका थिए । उनले भर्चुअल अन्तर्राष्ट्रिय मोबाइल नम्बर र एक ब्राजिलियन मोडलको तस्बिर प्रयोग गरी नक्कली प्रोफाइल बनाएका थिए ।
विभिन्न युवतीलाई विश्वासमा लिएर उनले च्याटिङ गर्ने तथा अन्तरङ्ग फोटो तथा भिडियो हासिल गरेपछि ‘ब्ल्याकमेल’ गर्दै आएको प्रहरीको भनाइ छ ।
पूर्वी दिल्लीको स्कुल ब्लकमा रहँदै आएका उनी नोएडाको एउटा कम्पनीमा काम गर्दै आएका थिए ।
बिस्टले ब्ल्याकमेल गरेकै एक युवतीले १३ डिसेम्बरमा साइबर थाना पुलिसमा उजुरी दिएकी थिइन् । प्रहरीले सोही उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाएको छ । उनको मोबाइलबाट ६० भन्दा बढी च्याटिङ डेटा प्राप्त भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेमा सशस्त्र प्रहरीद्वारा निर्मित संरचनाको उद्घाटन
-
४ महिनायता सुदूरपश्चिम प्रदेश सभा 'निकम्मा'
-
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी विभाग उद्घाटन
-
प्रधानमन्त्रीद्वारा स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवन उद्घाटन
-
प्रधानमन्त्री ओली पोखरामा
-
संखुवासभाको बाह्रविसे बजारमा आगलागी, ५ वटा घर जलेर नष्ट